
पर्वत– पर्वतको जलजला गाउँपालिका ७ मिलचौकमा भैरहेको गौ महोत्सवमा सहयोग गर्नेहरुको भिड बढ्न थालेको छ । हिजो तेस्रो दिन सम्म आयोजकले विभिन्न दाताबाट नगद ९५ लाख रुपैयाँ भन्दा बढि रकम संकलन गरिसकेको छ ।
हिजो तेस्रो दिन गौशालाको विकास र समृद्धिका लागि बागलुङ घर भई काठमाण्डौमा व्यवसाय गर्दै आएका आनन्दराज भण्डारीले १० लाख २७ हजार सहयोग गरेर सभानायक बन्नुभएको छ ।
त्यसका अलवा समाजसेवी शेरवहादुर केसी, ज्ञान केसी, नरवहादुर केसी, भद्रवहादुर केसी र खिमबहादुर केसीले संयुक्त रुपमा २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । जगन्नाथ रिजाल उहाँकी श्रीमती कालिका रिजालले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ, गायत्री आचार्यले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको सचिवालयका सचिव राज आचार्यले जानकारी दिनुभयो । आज तेस्रो दिन पूर्व प्रधानन्याधिश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
हिजो एकैदिन २० लाख रुपैयाँ आम्दानी भएको आचार्यले जानकारी दिनुभयो ।
आज नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाको उपस्थितीमा कार्यक्रम हुने भएको छ । देउवा कार्यक्रममा सहभागी हुन आउने भएको आयोजकले जनाएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका देउवा महायज्ञमा सहभागी हुने र काँग्रेसका कार्यकर्ता संग भेटघाट समते गर्ने जनाईएको छ ।