माधव पराजुली,पोखरा
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले काम प्रति बफादार र लगनशिल भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
वन निर्देशनालयले कास्कीको लुम्लेमा आयोजना गरेको आर्थीक बर्ष २०७५÷०७६ को वार्षिक प्रगति समिक्षा कार्यक्रममा बोल्दै मन्त्री लम्सालले देशप्रति समर्पित हुदै लगनशील र कर्मनिष्ठ भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको हो ।
उहाँले आर्थीक बर्ष २०७५÷०७६ मन्त्रालयले बनाएको योजना सफलपूर्वक कार्यान्वयन भएको चर्चा गर्दै ढिला गरि प्रदेश स्तरका कार्यालय स्थापना तथा कर्मचारी समायोजना लगाएतका समस्या हुदाँ हुदै पनि मन्त्रालयले उत्कृष्ट कार्यसम्पादन गरेकोमा खुसी व्यक्त गर्नुभयो । अघिल्लो अर्थीक बर्षमा हामीले लिएको जिम्मेवारी कार्यान्वयन गर्न मूलभुत रुपमा सफल भएका छौँ, मन्त्री लम्सालले भन्नुभयो” आगामी अर्थीक बर्षमा थप सफलता प्राप्त गर्ने गरी नयाँ कार्ययोजना बनाएर लाग्नुपर्छ, । वजेट कार्यान्वयन गर्ने जिम्मा कर्मचारीकै रहेकाले आर्थीक बर्षको अन्त्यमा मात्र काम थालनी गर्ने परिपाटीको अन्त्य गर्दै मंसिर सम्ममा सबै प्रक्रिया पुरा गरेर काम सम्पन्न गरी बजेट तथा योजनाको पूर्ण कार्यान्वयन हुने गरि काममा खट्न मन्त्री लम्सालले कर्मचारीहरु लाई निर्देशन दिनुभयो ।
उहाँले उद्योग,पर्यटन र वन बाट प्रदेश सरकारको दिगो विकासका लक्ष्य तथा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना र गरीबी निवारणमा टेवा र्पुयाउने गरि योजना बद्ध हिसाबले काममा ख्टन निर्देशन दिनुभयो ।
कठिन परिस्थितिमा पनि इमान्दारिताका साथ उत्साहित भएर काम गर्न कर्मचारीहरु सक्षम हुने भन्दै कार्य सम्पादन गर्ने क्रममा सुख र दुःख दुवै आइपर्ने उल्लेख गर्दै त्यसमा प्रवाह नगर्न पनि कर्मचारीहरुलाई सचेत गराउनुभयो ।
मन्त्री लम्सालले उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई मन्त्रालयले उचित पुरस्कार तथा सम्मान प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।
सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै तनहुँका जिल्ला डिभिजन वन अधिकृत केदार बराललाई सम्मानका साथ पुरुस्कृत गरिएको थियो ।
मन्त्रालयका गत आर्थीक बर्षका कार्ययोजना,काम गर्दाका चुनौती र भावी योजनाका बिषयमा छलफलभएको कार्यक्रम बुधबार सम्पन्न भएको छ ।






