
पर्वत–पर्वतको फलेवास नगरपालिका–२ थापाठानाको खनारमा रहेको अत्री गोत्रीय कुवँर क्षेत्री बन्धुको कुल पूजा सम्पन्न भएको छ ।
अत्री गोत्र कुँवर कुल पूजा व्यवस्थापन समाजको आयोजनामा कूल पूजा गरिएको हो । प्रत्येक पाँच वर्षमा कुँवर क्षेत्री बन्धुहरुबीच आपसी मेलमिलाप र भाईचाराको सवन्ध कायम गर्दै पितृहरुको उद्धारका लागि यस्तो खालको पुँजा गरिदै आएको स्थानीय नबराज कुँवर क्षेत्रीले जानकारी दिनुभयो । सो अवरमा धेरै बोकाहरुको बलि दिइएको थियो ।
यस अघि आयोजित औपाचारीक कार्यक्रम समाजसेवी तथा नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक तेजबहादुर कुवंर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा लामो समयदेखि समाज र राष्ट्रको लागि योगदान गर्ने कुँव्र क्ष्ँेत्री समुदायका अगुवा नरबहादुर कुवँंर क्षेत्री सहित १८ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला र फुल माला र टीकाले सम्मान गरिएको छ ।

कार्यक्रममा स्थानीय नवराज कुवँंर क्षेत्री भण्डारीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन कोशिष कुँवंर क्षेत्रीले गर्नुभएको थियो । पूजा तथा उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक डिल्लीराम कुँवर क्षेत्री रहनुभएको थियो । सो अवसरमा पूर्व प्रहरी निरिक्षक क्षेत्रीले आपसी सम्वन्ध र भाईचाराको विकासका लागि यस्तो खालको कार्यक्रम प्रभावकारी हुने बताउँदै यसलाई अझै एक एक वर्ष वा दुई ती वर्षको बीचमा गर्दा अझै रामो हुने बताउनुभयो । थापाठानामा झण्डै ७५ परिवार कुँवर क्षेत्री समुदायमा बस्दै आएका छन ।