कांग्रेस नेता जोशीको भ्रष्टाचार मुद्दा : अख्तियारका सचिवलाई कारबाही हुने सर्वोच्चको आदेश - News site from Nepal

काठमाडौं– सर्वोच्च अदालतले पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको मुद्दाका सम्बन्धमा माग गरिएका कागजात पेश नगरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव र सम्बन्धित अधिकारीलाई कारबाही हुने आदेश जारी गरेको छ ।
सर्वोच्चले कांग्रेस नेता जोशीविरुद्ध २५ वैशाख २०६० भ्रष्टाचार मुद्दा चलाउने सम्बन्धमा भएको निर्णयसहितको सक्कलै सिसिल र रजिष्टर पठाउन २९ भदौ २०७१ मा आदेश जारी गरेको थियो ।
तर, अख्तियारले आफूसँग रहेको निर्णय कागजातहरु अध्ययन गरी हेर्दा मिसिलमा मुद्धा चलाउने सम्बन्धी निर्णय नभेटिएको भन्ने जवाफ पेश गरेको थियो । अख्तियारको यस्तो जवाफपछि सर्वोच्चले आयोगका सचिवसहित मुद्दाको अनुसन्धान तथा निर्णयसँग सम्बन्धित अधिकारीमाथि कारबाही हुने आदेश जारी गरेको हो ।
बिहीबार ११ औं पटक पेशीमा चढेको जोशीको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको इजलाशले यस्तो आदेश जारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!