लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतको खरेहामा बन्ने भयो जेष्ठ नगारिक परामर्श केन्द्र, २ करोड २६ लाख विनियोजन - News site from Nepal

 पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीको पहलमा कुश्मामा निर्माण गरिने जेष्ठ नगारिक परामर्श केन्द्रलाई संघीय सरकारबाट बजेट बिनियोजन भएको छ ।
कुस्मा नगरपालिका वडा नं ७ मा बन्ने परामर्श केन्द्रलाई सांसद गिरीले संघिय सरकारबाट २ करोड २६ लाख रुपैंया विनियोजन गर्न पहल गरेका हुन ।
परामर्श केन्द्रका लागि साँसद गिरीको पहलमा उक्त बजेट बिनियोजन भएको कुश्मा नगरपालिकाको वडा न ७ का वडा अध्यक्ष ुवासचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार जग्गाको ब्यवस्थापन गरी रकमको खोजी भईरहेको बेला संघिय सांसद गिरीले उक्त रकम ब्यवस्थापन गर्न पहल गरेका हुन । गिरीको पहलसंगै संघिय सरकारबाट विनियोजन भएको रकमले पर्वत सदरमुकाम कुश्मामा सुविधा सम्पन्न नागरिक परामर्श केन्द्रको निर्माण हुने भएको छ । भवन निर्माणका लागि यस अघि नै जेष्ठ नागरिक मिलन समाजले पहल गर्दै आइरहेको थियो । समाजको पहलमा कुश्मा ७ मा जग्गाको समेत प्रवन्ध गरिएको छ । उक्त जग्गामा निर्माण हुने भवनलाई बहुृउद्देश्यीय भवनको रुपमा पनि परिणत गर्ने गरी योजना गरिएको वडा अध्यक्ष पौडेलको भनाई छ ।
उता, सांसद गिरीले जेष्ठ नागरिकको सम्मानार्थ निर्माण गर्न लागिएको भवनको निर्माणका लागि संघिय सरकारको तर्फबाट सहयोग गरिएको बताए । उनले भवन निर्माणसंगै त्यसको ब्यवस्गथापन र सदुपयोगका लागि पनि आगामी दिन विशेष कार्य योजना निर्माण गर्न स्थानीयबासी र वडा कार्यालयलाई आग्रह गरे । सांसद गिरीले आफूले निर्वाचनको क्रममा जनतासंग गरेका प्रतिबद्धताहरु क्रमशः पुरा गर्दै जाने प्रण ब्यक्त गरे । उनले सडक सुधार, शिक्षा क्षेत्रको विकास, कृषि,पशुपालन र पर्यटनलाई जिल्लामा ब्यवस्थित रुपमा विकास गर्ने गरी आफूले संघिय सरकारसंग आवश्यक समन्वय गरीरहेको समेत जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!