दुई सन्तानसहित आमाले गरिन् आत्महत्या - News site from Nepal
दुई सन्तानसहित आमाले गरिन् आत्महत्या

चितवन- चितवनको भरतपुर महानगरपालिका–१८ मा एक महिला र उनका दुई सन्तानको शव घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको छ ।
३५ वर्षिया माया मगर, उनकी १५ वर्षिया छोरी विनिता र १३ वर्षिय छोरा विवशको शव भरतपुरको शशीनगरस्थित घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । प्रहरीलाई बिहान स्थानीयले घटनाबारे जानकारी गराएका थिए ।
सेनामा जागिरे श्रीमान विदामा घर आएका समय परिवारका तीन जनाले आत्महत्या गरेको डिएसपी रेग्मीको भनाई छ । बिदामा आएर श्रीमान आफन्तकोमा गएका बेला यस्तो घटना भएको प्रहरीले जनाएको छ । घटनाको अवस्था हेर्दा आत्महत्या नै गरेको देखिने भएपनि अनुसन्धान भैरहेको डिएसपी रेग्मीले बताउनुभयो ।
ढोकाको आग्लो लगाएकै अवस्थामा बाहिरबाट भित्र जाने अन्य बाटो नदेखिएको प्रहरीले उल्लेख गरेको छ । थप विवरणहरु केलाउँदै अनुसन्धानकै क्रममा रहेको’ डिएसपी रेग्मीको भनाई छ । घटनास्थल भरतपुरदेखि झण्डै १० किलो मिटर पश्चिममा पर्छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!