ट्रेड यूनिययन काँग्रेस पर्वतद्धारा दुर्लुङका ७६ बालबालिकालाई शैक्षिक सामग्री वितरण - News site from Nepal

पर्वत : नेपाल ट्रेड युनियन कांग्रेसको ७३ औं स्थापना दिवसको अबसरमा ट्रेड युनियन कांग्रेस पर्वतले कुश्मा नगरपालिका ३ दुर्लुङ्गमा रहेको दालपोखरी प्रा.वि.का बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री बितरण गरेको छ ।
बिद्यालयमा अध्ययनरत ७६ जना विद्यार्थी सहित छिमेकी सूर्य प्रकाश मा.विमा अध्ययन गर्ने ७ जना विपन्न विद्यार्थी गरी ८३ जना विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको हो । अधिकांश गरिब तथा दलित बालबालिका अध्ययनरत बिधालयमा थप शैक्षिक वातावरण बनाउन र गरिबिकै कारण पढाईमा समस्या भोग्दै आएको बिद्यार्थीहरुलाई सघाउ पु¥याउनको लागि शैक्षिक सामाग्री बितरण गरिएको नेपाल ड्रेड युनियन कांग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र के.शी.ले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले समाजको परिवर्तन हुनका लागि शिक्षाको बिकास आबश्यक रहेको बताउँदै ट्रेड युनियनले गरेको काम प्रशसंनीय भएको र यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेस गरिब, दलित तथा बिपन्नहरुको पक्षमा रहेको भन्दै सभापति भुषालले यस्ता खालका सामाजिक काममा पार्टी र आप्mनो ब्यक्तिगत तर्पmबाट जहिले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
दालपोखरी प्रा.वि.का प्रधानाध्यापक बिजयलक्ष्मी पौडेलले ट्रेड युनियनको स्थापना दिवसको अबसरमा आफ्नो बिधालयमा अध्ययन गर्ने बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य डा. चुडामणि शर्मा, लेखनाथ पौडेल लगायतले पनि बोल्नुभएको थियो । ट्रेड युनियन कांग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र के.शीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ट्रेड युनियन पर्वतका वरिष्ठ उपाध्यक्ष जानकीकुमारी शर्मा र संचालन निजामती युनियन संघ पर्वतका अध्यक्ष याम प्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!