तनहुँमा जीप दुर्घटना– दुई जनाको मुत्यु, १० घाइते - News site from Nepal
तनहुँमा जीप दुर्घटना– दुई जनाको मुत्यु, १० घाइते

तनहुँ–  तनहुँको बन्दीपुर-३ तामुङबाट दमौली तर्फआउँदै गरेको ग१ज २९०७ नम्बरको जीप व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ ।
दुर्घटनामा परी बन्दीपुर–३ रामकोटका ७५ वर्षिय बुद्धि बहादुर थापा मगरको दमौली अस्पतालमा र जीप चालक व्यास–१४ केशवटारका विमल घर्तीको उपचारका लागि पोखरा लाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा परि गम्भिर घाइते भएकी ६० वर्षीया देविमाया थापालाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य १० जना घइतेको दमौलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी गराए ।
गुडिरहेको अवस्थामा अगाडीको टायर पञ्चर हुँदा जीप सडकबाट करिब दश मिटर तल खसेको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!