उपभोक्ताको स्वास्थ्यमा यस्तो चरम लापरवाहि, कुश्माबजारमा चामलको बोरामा युरिया मल - News site from Nepal

पर्वत–पर्वत सदरमुकाम कुश्माबजारमा चामलको बोरामा रासायनिक मल यूरिया भेटिएको छ ।
पर्वतको कुश्मा नगरपालिका ७ गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा यूरिया मल मिसाबट भएको पाईएको हो ।
शौरभ फुड प्रोडक्टस प्रा.लि बाराले उत्पादन गरेको सोल्टी ब्राण्डको जिरा मसिनो चामलमा युरिया भेटिएको हो । युरिया जस्तो देखिने डल्ला पानीमा राखेपछि पग्लन्छ तर युरिया हो वा होइन भन्ने बारेमा परिक्षण हुँन बाँकी छ ।
सदरमुकाम कुश्माबजारको दुर्लुङ्गचोकमा रहेको प्रभु शरणम किराना पसलबाट गत आईतवार साँझ चामल घर लगेको र सोमबार बिहान भात पकाउने क्रममा युरिया भेटिएको आचार्यले बताउनुभयो । आइतबार सोही बोराको चामल पकाएर खाँदा सोमबार परिवारका झाडापखाला लागेपछि शंका लागेर चामल हेर्दा यूरिया मलका सेता दाना बाक्लै भेटिएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको आचार्यले बताउनुभयो । ‘बेलुका भात पकाएर खाँदा सबैलाई पखाला लागेपछि बिहान चामल हेर्दा युरिया देखियो’ आचार्यले भन्नुभयो ‘त्यसपछि प्रशासनमा खबर गरेको हुँ’
सौरभ फुड प्रोडक्टले २०७५ मंसिर २५ गते प्याकिङ्ग गरेको व्याच नं. २९ को सोल्टी जिरा मसिनो चामलको बोरा प्रशासनमा राखिएको छ । चामलको उपभोग्य मिति भने चौविस महिना रहेको छ । उपभोक्ता आचार्यको उजुरीको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभीजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेल सहितको टोलीले उक्त चामलको बोरा नियन्त्रणमा लिएको थियो भने उक्त गोदाममा रहेका सोही ब्याच नम्बरका चामलका बोरामा भने मिसावट पाइएको छैन । पसलको गोदाममा रहेका अन्य बोराहरु हेर्दा भने यूरियाको मिसाबट नभएको पाइएको प्रमुख पौडेलले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा चामल उत्पादकलेनै त्रुटि गरेको निष्कर्षमा पुगिएको र थप अनुसन्धानका लागि चामल प्रयोगशालामा पठाइने पौडेलले जानकारी दिनुभयो ।
चामलमा यूरिया भेटिएको बारे अनुसन्धान भैरहेको र उपभोक्ताको स्वास्थ्यमाथि अहित हुनेगरी विक्रि वितरण गरेको पाईएमा आवश्यक कारवार्ही गरिने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!