पश्चिमाञ्चलकै नमुना गणेश माविको बार्षिकोत्सव धुमधामका साथ यसरी मनाईयो - News site from Nepal

ठाकुर रसाईली
पर्वत–
बागलुङको बलेवामा रहेको गणेश माध्यमिक विद्यालयको ३८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बार्षिकोत्सवका अवसरमा गएको पुष १७ गतेदेखि शुरु गरिएका सबै कार्यक्रहरुको आज समापन गर्दै विद्यालयले बार्षिकोत्सव समारोह सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको लागि चन्दा सहयोग गर्नुहुने चन्दादाताहरुलाई सम्मान, बिभिन्न प्रतियोगिताका बिजेता विद्यार्थीहरुलाई पुरस्कार, शिक्षासेवी तथा समाजसेवीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै बागलुङ क्षेत्र नं. १ क का प्रदेश सभाका सांसद ईन्द्रलाल सापकोटाले गणेश मा.वि. ले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्दै विद्यालयको थप विकासको लागि प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगाना, बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष जीवन आचार्य, वडा नं. १४ नारायणस्थानका वडाका अध्यक्ष चक्रबहादुर खत्री, स्रोतव्यक्ति लक्ष्मीकान्त शर्मा, राष्ट्रिय जनमोर्चाका वडा समितिका अध्यक्ष रामबहादुर खड्का, कृष्णगण्डकी क्याम्पसका अध्यक्ष कमलकुमार जि.सी., विद्यालयका पूर्व प्रधानाध्यापक चुडामणि सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष शैलेन्द्रबहादुर खत्री, विद्यार्थी योग गौतम, एलिसा सुवदी र प्रवीण शर्माले बोल्नुभएको थियो । कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद गौतमले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र आचार्यले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन शिक्षक बिमल गौतमले गर्नुभएको थियो । कार्यक्रममा कलाकारहरु राजेन्द्र सापकोटा, तुलसा क्षेत्री र संचारकर्मी ठाकुर रसाईलीले आप्mना प्रस्तुतीहरु राख्नुभएको थियो भने बिद्यार्थीहरुले पनि बिभिन्न सांस्कृतिक र सांगितिक प्रस्तुतीहरु राख्नुभएको थियो । कलाकारहरुको प्रस्तुतीमा शिक्षक, अभिभावक र सहकारी अतिथिहरु छमछमी नाचेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!