१० दिन लामो उपचारपछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज - News site from Nepal
१० दिन लामो उपचारपछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका छन्।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट बिहीबार दिउँसो साढे ३ बजे उनी डिस्चार्ज भएका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ओलीको स्वास्थ्य अवस्था अपेक्षाअनुरूप सुधार भएको निचोडसहित चिकित्सकहरुले प्रम ओलीलाई डिस्चार्जको निर्णय लिएका हुन्।
प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीकाअनुसार प्रधानमन्त्रीको रगतलगायत विभिन्‍न परीक्षणको पछिल्लो रिपोर्ट आइसकेकाले डिस्चार्जको निर्णय लिइएको हो। बिहीबार बिहान चिकित्सकहरुको बैठक बसी अहिलेजस्तै स्वास्थ्य सुधार भएमामा साँझसम्म डिस्चार्ज दिन सकिने निष्कर्ष निकालेको थियो।
एपेन्डिसाइटिस पाकेर पेटमा संक्रमण हुँदा गत मंसिर १० गते प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो। मनमोहनको आईसियुमै प्रम ओलीको मिर्गौलाको पनि नियमित डायलाइसिस गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!