भैंसी करणी गरेको आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता ! - News site from Nepal
भैंसी करणी गरेको आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता !

मोरङ– भैंसी करणी (बलात्कार) गरेको आरोपमा एक जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
मोरङ जिल्ला अदालतमा रतुवामाइ नगरपालिका–२ का ४० वर्षीय मङ्गल हस्दाले सोही स्थानकी रानी टुढुले पालेको भैंसीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।
छिमेकी टुढुको गोठमा बाँधिएको भैंसीलाई गोठबाट फुकाएर केही पर बाँस झ्ङगमा लागेर विहीवार हस्दाले करणी गरेको अभियोग लगाउँदै टुढुले जिल्ला अदालतमा शुक्रवार ‘फिराद’ दर्ता गरेकी हुन् ।
इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार गोठबाट भैंसी फुकाएर नजिकैको बाँस झ्याङमा लगेर करणी भएको र करणी भएको स्थानमा फेला परेको कपडाका आधारमा आरोपीलाई पक्राउ गरिएको हो ।
गोठमा बाँधिएको भैंसी हराएपछि भैसीको खोजी गर्ने क्रममा दुबै खुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा छिमेकी हस्दाको कपडा उक्त स्थानमा फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा हस्दाले भैंसीमाथि करणी गरेको स्वीकार गरेका थिए ।
बलात्कार दुनियावादी फौजदारी अर्थात (व्यक्तिवादी) मुद्दा हुने भएकोले यस्तो मुद्दा अदालतमा सोझै दर्ता हुने गरेको छ । शुक्रबार पशु बलत्कार गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनी स्वयम उपस्थिी भएर ‘फिराद’ दर्ता गरेको अदालतको श्रेस्तेदार इश्वरमाणि ओझाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!