
पर्वत / पर्वतको कुस्माबजारमा सञ्चालिन नमुना आवासिय माबिको ३० औ बार्षिकोत्सब तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।
बिद्यालयको बार्षिकोत्सबको जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बिश्वकर्मा पौडेलले उद्घाटन गर्नुभयो ।
कार्यक्रम उद्घाटन गर्दै संयोजक पौडेलले शैक्षिक गुणस्तर सुधारका लागि निजी बिद्यालयले पुर्याएको योगदानको चर्चा गर्दै गुणस्तरीय शिक्षाका लागि अभिभावक र बिद्यालय र बिद्यार्थी तीनै वटै पक्ष मिल्न आवश्यक भएको बताउनुभयो । उहाँले सबै पक्ष मिले मात्रै उत्कृष्ट नतिजा आउन सक्छ भन्दै अझै पनि गुणस्तरीय शिक्षा र शिक्षामा सबैको पहुँच स्थापित गर्न धेरै गर्न बाँकी रहेको छ भन्नुभयो ।
जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्दिमराज पौडेलले सामुदायिक बिद्यालयमा सरकारले लगानी गरे अनुसार सुधार आउन नसकेका कारण सामुदायिक बिद्यालयबाट निजी बिद्यालयले ब्यबस्थापन र शिक्षक परिचालनका बिषय अनुशरण गर्न आवश्यक छ भन्नुभयो । राम्रो शैक्षिक जनशक्ति उत्पादनका लागि निजी बिद्यालयले गरेको पहलको उहाँले पनि प्रसंशा गर्नुभयो ।
कार्यक्रममा अभिभावक गोबिन्दप्रसाद शर्माले आफ्ना धारणा राख्नुभएको थियोृ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयको गतिबिधीका बारेमा प्राचार्य इन्द्रमान खत्रीले प्रकाश पर्नुभएको थियो भने सञ्चालन सहप्राचार्य खेमनाथ शर्मा र स्वागत शिक्षीका गितालक्ष्मी शर्मा तथा बिद्यार्थी स्वतिका आचार्यले गर्नुभएको थियो ।
सो अवसरका बिभिन्न क्षेत्रमा सफल भएका भुपु बिद्यार्थी डा. बिक्रम शर्मा, डा.कैलाश तिमिल्सीना, डा. बिराट केसी, डा. धनबहादुर क्षेत्री, इन्द्र शर्मा, डा.शेषकान्त लामिछानेलाई सम्मान गरिएको थियो । बिद्यालयमा उत्कृष्ट नतिजा ल्याउने, अतिरिक्त क्रियाकलापमा सहभागी हुने बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने बिद्यार्थीहरुले सामाजिक सञ्जालको प्रयोगबाट उब्जेको समस्याका बारेमा नाटक, गेम खेल्ने र पढ्ने बिषयमा अभिभावक र बिद्यार्थीका बिचमा दोहोरी गीत, सामुहिक नृत्य लगायतका प्रस्तुतीहर देखाएका थिए ।