हेर्नुहोस् दुर्घटनामा पर्न लागेका यि ८ वटा गाडि जोगायो पर्वत ट्राफिकले - News site from Nepal

पर्वत– सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पवतले आज सवारी साधनहरुको अवस्थाका बारेमा जाँच गरेको छ ।
आज बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म कुश्मा नगरपालिका ६ शिवालय चोकमा प्राबिधिक सहित पुगेको ट्राफिक प्रहरीको टोलीले ५५ ओटा सवारी साधनहरुको अवस्थाका बारेमा परीक्षण गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले दिनुभएको जानकारी अनुसार ट्राफिक प्रहरीको टोलीमा सवारीका मेकानिकहरुलाई समावेश गराएर सवारी साधनहरुको अवस्थाका बारेमा जाँच गरिएको हो ।
चेकजाँचका क्रममा बिभिन्न ८ ओटा सवारी साधनहरु ठीक अवस्थामा नरहेको पाईएको छ । कतिपय सवारीको ३ ओटा र केहीको त्यो भन्दा कम पट्टाहरु भाँचिएको, तेलको ट्याङकी भुईँमा खस्न लागेको र टाईरेक्ट बीम अर्थात स्टेरीङ घुमाउँदा टायर मोड्ने डण्डीको नटहरु खसेर सवारी दुर्घटनाको उच्च जोखिममा रहेको पाईएको छ ।
ठीक अवस्थामा नरेहका सवारी साधनहरुलाई कारबाही स्वरुप राजश्व तिराईएको र तुरुन्त मर्मत गर्न लगाईएको पनि ट्राफिक प्रहरी प्रमुख गौलीले बताउनुभयो । ठीक अवस्थामा नरहेका सवारीका यात्रुहरुलाई अन्य सवारीमा सारेर गन्तब्यमा पठाईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!