पर्वतको फलेवासमाअपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि अन्तरक्रिया - News site from Nepal
पर्वत – दिगो विकासको लक्ष्य अपाङ्गमैत्री भविष्य भन्ने मुल नाराका साथ पर्वतको फलेवास नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा े सहभागीहरुले अपाङ्गमैत्री वातावरण हुनु पर्ने, अपाङ्गता भएकाहरुलाई राज्यले जुन किसिमको सहयोग दिनु पर्ने हो सो अनुसार नभएको समस्या तथा गुनासो राखेका छन । त्यस्तै कस्तो प्रकारको अपाङ्गता भएको हो पहिचान गरि सोहि किसिमको सिप प्रदान गर्नुपर्ने समेत बताएका छन । अपाङ्गता संघका अध्यक्ष यज्ञ प्रसाद शर्माले एन र कानुनमा अपाङ्गता भएका व्यक्तिलाइ विशेष अधिकारको व्यवस्था भएपनि अपाङ्गता भएका सबै व्यक्तिले लाभ लिन नसकेको मा दुख व्यक्त गर्नुभयो ।

अन्तरक्रियामा बोल्दै फलेवास नगरपालिका का प्रमुख पदमपाणी शर्माले अपाङ्गता भएका व्यक्तिलाइ समाजले गर्ने व्यवहारमा सकारात्मक परिवर्तन देखिदै आएको बताउनुभयो । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले आफुमा भएको सिप र क्षमतालाइ परिचालन गर्न सके समाजका अन्य व्यक्तिसरह सम्मानित जिवन जिउन सकिने कुरामा जोड दिनुभयो । शर्माले सरकारले छुट्टाएको रकम जुन वर्ग र समुदायको लागि विनियोजन भएको हो उही समुदायले पाउने समेत विश्वास दिलाउनुभयो ।

उपप्रमुख मञ्जु अधिकारीले शरिरको कुनै भागको असक्षमता भन्दा पनि आफुले आफैलाइ कमजोर अनुभुत गर्ने मानसिक अवस्थाका कारण अपाङ्गता भएका व्यक्तिहरु थप पछाडी परेको बताउनुभयो । साथै उहाँले फरक क्षमता भएका व्यक्तिले पनि समाजमा सम्मानित जिवन बाच्न पाउनुपर्नेमा जोड दिनुभयो ।

अपाङ्गता, अपाङ्गताको अवस्था,वर्गिकरण अपाङ्ग व्याक्तिहरुको तथ्याङ्क लगायत अन्तरक्रिया कार्यक्रमको बारेमा नगरपालिकाका योजना व्यवस्थापक देवि प्रसाद तिमिल्सिनाले प्रकाश पार्नुभएको थियो ।
नगरपालिका का एघार वडाका प्रत्यक २ जना अपाङ्गता भएका व्यतिmहरुको कार्यक्रममा सहभागिता रहेको थियो । उनिहरुले जिविकोपार्जन र स्वाबल्म्वी जिवन ज्यूनका लागि नगरपालिकाले सिपमुलक तालिम,रोजगारी र व्यवसायमा संलग्न हुनको लागि सहयोग गर्न आग्रह गरेका छन । कार्यक्रममा नगरकार्यपालिका का दलित महिला सदस्य केशा परियार,नगरसभा सदस्य प्रमिला गुरुग,निर्मला भुसाल स्थानिय समन्वय समिती प्रमुख विष्णु प्रसाद सापकोटा लगायत बोल्नुभएको थियो । नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेलको स्वागत मन्तव्य,उपप्रमुख मञ्जु अधिकरीको अध्यक्ष्तामा सम्पन्न कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख विष्णु चापागाईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!