नेकपा सचिवालय बैठक : सातै प्रदेश प्रमुखको नाम सरकारलाई सिफारिस - News site from Nepal
नेकपा सचिवालय बैठक : सातै प्रदेश प्रमुखको नाम सरकारलाई सिफारिस
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आइतवारदेखि रिक्त सातै प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ।
बालुवाटारमा बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखमा नियुक्तिका लागि नाम टुंगो गरेर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। नेकपाका महासचिव विष्णु पौडेलका अनुसार प्रदेश प्रमुखमा सिफारिस भएकाहरुमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन्।
बैठकमा विश्वकान्त मैनाली, रघु पन्त, अमृत बोहोरा, श्रीमाया थकाली, वेदुराम भूषालका लगायतका नाम पनि प्रस्ताव गरिएका थिए । ‘कुन प्रदेशमा कसलाई पठाउने भन्‍ने कुराको टुंगो सरकारले लगाउनेछ’, पौडेलले भने, ‘नेकपाले मनोनयनका लागि नाम सिफारिसको निर्णय मात्रै गरेको हो।’
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३ माघ २०७४ मा नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!