पर्वत– नेकपा कुश्मा नगर कमिटिका सचिब ढाकाराम सुवेदीको निधन भएको तेह्रौ दिनको पुण्य तिथिको अवसरमा आइतवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेकपा कुश्मा नगर कमिटिको आयोजनामा सुवेदीको निवासमै सम्पन्न कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले सुवेदीको निधनले सिंगो पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभयो । उहाँले यो शोकलाई शक्तिमा वदलेर मुलुक परिवर्तनमा लाग्न सवैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा पर्वतका अध्यक्ष तथा सांसद पदम गिरी, जिल्ला सचिब सुदिप कुँवर, प्रदेश कमिटि सदस्य तथा जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, प्रदेश कमिटि सदस्य केशब कुँवर, जिल्ला कार्यालय सदस्य भक्त कुँवर, पदमपाणी शर्मा, गोविन्द पहाडी, कुश्मा नगरपालिका वडा नं. ११ का अध्यक्ष शिव पौडेल, खुमप्रसाद सुवेदी, लगायतले बोल्नुभएको थियो । नगर कमिटिका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सुवेदीको व्रेन ट्युमरका कारण कात्तिक ५ गते निधन भएको थियो ।






