पर्वत / प्रतिनिधी सभाका सदस्य तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरीले देशमा ७० बर्ष देखिका बिकृति हटाउन खोज्दा सरकारका बिरुद्ध जनतामा भ्रम फैलाएर भड्काउन खोजिएको आरोप लगाउनु भएको छ ।
पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै साँसद गिरीले सबैतिर रहेका बिकृति हटाउन खोज्दा सरकारका बिरुद्ध अनावश्यक भ्रम फैलाउन खोजिएको बताउनुभएको हो ।
‘७० बर्ष देखि देशका सबै क्षेत्रमा बिकृति मौलाएका कारण हटाउन खोज्दा तरंग आएको हो छन’ उहाँले भन्नुभयो ‘बिकृति र बिसंगतिका बिचमा ब्रहामुलट मच्चाउन नपाएपछि त्यस्ता तत्वहरुले सरकारका बिरुद्ध भ्रम फैलाउने काममा लागेका छन ’ जति हल्ला र भ्रम फैलाएपछि यो सरकारले बिकृतिका सबै पहाडहरु हटाएरै छाड्ने बिश्वास साँसद गिरीको छ । यातयातको सिण्डीकेड तोड्ने, कर छलेर खरबौ खाने, अपराधमा संलग्न भएकाहरु देखि बिपक्षीको आडमा गलत तत्वहरु सरकारका बिरुद्ध क्रियाशिल भएको उहाँका ठम्याई छ ।
देशमा पुर्वाधारको क्षेत्रमा ठुलो परिर्वतन आउने गरि कामको शुरु भएको र अबको पाँच बर्षमा देशमा सम्बृद्धिको स्पष्ट मार्गचित्र देखिने दाबी साँसद गिरीको छ । थप तीन वटा अन्तराष्ट्रिय बिमानस्थल बन्ने, लोकमार्गहरु चौडा बनाइने , रेल निर्माणको काम थालिने र जलबिद्युत, खानेपानी, ंिसंचाईका क्षेत्रमा पनि धेरै ठुलो परिर्वतन आउने गरि काम भैरहेको चर्चा गिरीले गर्नुभयो । सरकारले सम्बृद्धिको जग बसाल्न लागेको बेला जनताले निरास हुनुपर्ने र भ्रमका पछाडी दौडन पर्ने कुनै कारण नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘अब निराशाको ब्यबपार गर्ने जमाना गयो’ उहाँले भन्नुभयो ‘सरकार, निजी क्षेत्र मिलेर सम्बृद्धिको मार्गचित्र कोर्नुपर्छ’

कार्यक्रममा बोल्दै कुस्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले कुस्मा नगरपालिका र समग्र पर्वत जिल्लाले पर्यटनबाट ठुलो उपलब्धी हासिल गर्न सक्ने संभावना रहेका कारण यसमा लगानी गर्न ब्यबसायीलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले चाडबाडका लागि आवश्यक सबै सुरक्षा ब्यबस्था मिलाएको कारण सबैले ढुक्क भएर ब्यबसाय गर्न आग्रह गर्नुभयो । उहाँले चाडबाडमा कालोबजारी बढ्ने भएकाले मुल्य नबढाई गुणस्तरीय सामाग्री बिक्री बितरण गर्न पनि आग्रह गर्नुभयो ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले ब्यबसायीहरुको सुरक्षा, लगानीको वातावरण र मुनाफाको ग्यारेण्टी गर्ने बिषय सरकारको काम भएकाले यस्तो अबस्था सृजना भएमा लगानीका लागि सबै ब्यबसायी तयार हुन्छन भन्नुभयो ।
शुभकामना आदनप्रदान कार्यक्रममा नेकपाका प्रतिनिधी ढाकाराम गौतम, नेपाली कांग्रेसका प्रतिनिधी डा. चुडामणी शर्मा, पर्वत उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष हरिओम शर्मा लामिछाने, नेपाल पत्रकार महासंघ पर्वतका निर्वतमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, बैंकर्स क्लब पर्वतका अध्यक्ष गोबिन्द आचार्य, पर्वत उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष गोपी अधिकारी र महासचिब गणेश लामिछाने लगायतले बोल्नुभएको थियो ।





