आज पनि हावाहुरीसहित पानी पर्ने सम्भावना, बुधबारसम्मको मौसम उस्तै - News site from Nepal

काठमाडौं– देशैभरिको मौसम आंशिकदेखि सामान्य बदली रही आज(सोमबार) पनि केहि ठाउँमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने भएको छ ।
जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरको मौसम बदली भई दिउँसो र बेलुकीपख पानी पर्नेछ । महाशाखाका अनुसार देशैभरि आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै रातिको समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली र बाँकी भूभागमा आंशिक बदली रही देशको पश्चिमी र मध्य भु-भागका केही स्थानहरुमा तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
त्यस्तै जेष्ठ २१ गते (मंगलबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।
जेष्ठ २२ गते (बुधबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका १/२ स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!