अन्ततः खुल्यो महाशीलाको तालाबन्दी, भोलिदेखि कामकाज नियमित - News site from Nepal
अन्ततः खुल्यो महाशीलाको तालाबन्दी, भोलिदेखि कामकाज नियमित

पर्वत । विगत तीन दिनदेखि पर्वतको महाशीला गाउँपालिकामा लगाइएको ताला खुलेको छ । विभिन्न माग राख्दै प्रमुख विपक्षी दल नेपाली काँग्रेसले लगाएको ताला बुधवार भएको छलफलपछि खुलाईएको हो । आन्दोलनरत पक्ष र गाउँपलिकाका उपाध्यक्ष हिरादेवी राना, प्रमुख प्रशासकिय अधिकृत किसान क्षेत्री र जिल्ला समन्वय समितिका सदस्य विष्णुराम बिकको सहभागितामा भएको छलफलमा नेपाली काँग्रेसले राखेका मागहरु पुरा गर्ने सहमति भएपछि तीन दिनदेखि लगाईएको ताला खुलेको जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली काँग्रेसले राखेका मागहरु कार्यपालिकाको बैठकमा छलफल गरि आवश्यक निर्णय लिने सहमति भएको छ । साथै गाउँपालिका तथा वडाका विभिन्न छलफलहरुमा नेपाली काँग्रेसका प्रतिनिधिहरुलाई पनि सहभागि गराउने सहमति भएपछि साँझ पाँच बजे ताला खुलाईएको हो ।
नेपाली काँग्रेसले विभिन्न सात वटा माग राखेर आन्दोलन गर्दै आएको थियो । ती मागहरुलाई कार्यपालिकाकै बैठकमा छलफल गराउने र गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल स्वदेश फर्किएलगत्तै माग पुरा गर्न पहल गर्ने सहमतिपछि ताला खोलीएको नेवाली काँग्रेसका धनप्रसाद गुरुङले जानकारी दिनुभयो ।
ताला खुलेसँगै तीन दिन देखि ठप्प बनेका महाशीला गाउँपालिका र वडाको कामकाज बिहीवजारदेखि सुचारु हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!