पर्वतको ठूलिपोखरीबाट विप्लब नेतृत्वको नेकपाका दलित नेता पक्राउ - News site from Nepal

पर्वत,- नेत्रविक्रम चन्द –विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक ३५ बर्षिय विष्णु परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । पर्वत जिल्ला कुश्मा नगरपालिका ८ बस्ने परियारलाई कुश्मा नगरपालिका वडा नं. १२ ठूलिपोखरीबाट चैत १७ गते नियन्त्रणमा लिएको हो ।
ठूलिपोखरी लगायतका क्षेत्रमा संगठन विस्तार गर्दै हिडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरी चौकी ठूलिपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ गरिएका परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेर जिल्ला प्रशासन कार्यालय पर्वतबाट चैत १८ गते म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस अघि नेकपाकै कार्यकर्ता रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका पर्वत फलेवास नगरपालिका ७ लिमिठानाका धर्मप्रसाद पौडेललाई प्रहरीले रिहा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!