बागलुङको बलेवामा पनि गुप्तेश्वर विराट महायज्ञको उपसमिति - News site from Nepal
बागलुङको बलेवामा पनि गुप्तेश्वर विराट महायज्ञको उपसमिति

पर्वत– आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि बागलुङको बलेवामा पनि उपसमिति गठन गरिएको छ ।
आइतवार बलेवामा सम्पन्न भेलाले गोबिन्दराज पाठकको संयोजकत्वमा मेजर सुव्दार रामु लम्साल सचिब रहनेगरी १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । त्यस्तै गरी सल्लाहकारमा वडा अध्यक्ष नारायण प्रसाद पौडेल, मनबहादुर रोका, भैरबहादुर रोका, सुबेदार भिम बहादुर रोका, टेक बहादुर रोका, मिना कुमारी रोका रहनुभएको छ ।
कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले मानविय जीवनमा धार्मिक आस्थाको दृष्टिले गर्नुपर्ने सवै कर्महरु महायज्ञबाट हुने बताउँदै ति धार्मिक कृयाकलापमा सवै सहभागि हुन आग्रह गर्नुभयो । उहाँले सवै वर्ग, जातिको समान पहुँच हुनेगरी महायज्ञ संचालन गर्न लागिएको बताउँदै तुलादान लगायत महत्वपुर्ण धार्मिक अनुष्ठानलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभभयो ।
कार्यक्रममा कोटीहोम आयोजक समितिका उपाध्यक्ष मानकुमारी गिरी, चन्द्रबहादुर खत्री, कोषाध्क्ष कमलनाथ पोख्रेल, महिला परिचालन संयोजक सरस्वती भण्डारी लगायत समितिका पधाधिकारीले यस यज्ञ सफल पार्नु यो क्षत्रकै कर्तव्य भएको र सबै जुट्न आग्रह गर्नुभयो । कार्यक्रमको सन्चालन महायज्ञ मूल समितिका महासचिव अच्युत तिवारीले गर्नुभएको थियो । समितिले अब कुनपाका बांकी वडाहरू र पर्वतका छ बटै पालिकामा समिति गठन गर्न जाने कार्यक्रम रहेको सचिब गोकुल चापागाईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!