पोखरा : लिगलिगे दौडको उपाधी चुम्दै पर्वतका अनिश थापा चौँथो पटक लिगलिगे राजा चुनिएका छन्।
बिहीबार सम्पन्न दौडमा उनले उपाधी जितेका हुन्। चेपे र मर्स्याङ्दी नदिको दोभानबाट लिगलिग कोटसम्मको १३.८ किलोमिटर दूरी ५७.५५ मिनेटमा पार गर्दै उनी लिगलिगे राजा बनेका हुन्। भारतीय सेनासमेत रहेका थापा यस अघि तीन पटकसम्म उपाधी जितेर लिगलिगे राजा बनीसकेका थिए। यसवर्ष देखि थापा पालुङ्टार नगरपालिकाको सद्भावना दुत समेत बनेका छन्।
पालुङ्टार नगरपालिकाको कार्यपालिकाको बैठकले लिगलिगे दौड जित्नेलाई यस वर्षदेखि सद्भावनादुत बनाउने निर्णय गरेको थियो। एक वर्षसम्मको लागि उनी पानपाको सद्भावनादुत बनेका छन्। दशौं लिगलिगे राजा र पहिलो सद्भावना दूत घोषणा गरिएको पालुङ्टार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए।
उनका अनुसार सद्भावना दुतले लिगलिगकोटसँगै पालुंटार नगरपालिकाको पर्यटन प्रवर्द्धनमा प्रचार-प्रसार गरी टेवा पुर्याउनु पर्नेछ ।