पर्वतका औषधी व्यावसायी भन्छन्–‘नक्कली डाक्टर बोलाएर उपचार गराएका छैनौ’ - News site from Nepal

पर्वत– पर्वतका औषधी व्यावसायीहरुमाथि कडाई गर्न थालिएको छ । औषधी व्यवस्था विभागको निर्देशिका र निती नियम विपरित व्यावसाय गरेको गुनासो बढेपछि  जिल्ला प्रशासन कार्यालयले निगरानी बढाएको हो ।
औषधी पसलहरुबाट खुलेआम लागु औषधको कारोबार हुने गरेको, अबैध रुपमा गर्भपतन र गर्भपतन गर्ने औषधी विक्रिवितरण भैरहेको, अनुमति विनाका औषधीहरु विक्रि वितरण गरेको, डाक्टरको प्रेस्किृप्सन बिनानै जथाभावी बिरामीहरुलाई औषधी भिराउने गरेको गुनासो आएपछि उद्योग बाणिज्य संघको संयोजनमा बिहीवार छलफल गरिएको छ ।
औषधी व्यावसायिको थोरैमात्र लापरवाहिले बिरामीहरुको ज्याननै जोखिममा पर्ने भएकाले अनुभवी र यस विषयमा अध्ययन गरेकाहरुले मात्र औषधीको बेचविखन गर्नुपर्नेमा जोड दिईएको छ । त्यसैगरी १८ वर्ष भन्दा कम उमेरका युवायुवतीलाई नियमित सेवन गर्ने औषधी बाहेक अन्य औषधी विक्रि नगर्ने, राज्यको नीति अनुसार अनिवार्य रुपमा दर्ता गरेर संचालन गर्नुपर्ने पनि सहमति गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले सर्वसाधारणहरुवाट औषधी व्यावसायीको सम्वन्धमा थुप्रै खालका उजुरीहरु आएको बताउँदै यदि यथार्थतामा व्यावसायिको कमजोरी देखिएमा आवश्यक कारबाहि गरिने बताउनुभयो । त्यस्तै प्रत्येक साताको शनिवार विशेषज्ञ डाक्टरको नाम प्रचार प्रसार गरेर नक्कली डाक्टरहरुबाट उपचार गराउने गरेको उजुरी आएको गुनासो समेत आएपछि वैठक आव्हान गरेर छलफल गरिएको उहाँले बताउनुभयो । व्यावसायिहरुले नक्कली डाक्टर नबोलाएको र यदि सम्वन्धित डाक्टर नआउने भएमा सेवाग्राहीलाई पूर्व जानकारी दिने गरेको दावी गरेका छन् ।
प्रजिअ नेपालले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा लापरवाहि नगर्न र बिरामीहरुको स्वास्थ्यमाथि खेलबाड नगर्न सुझाव दिँदै आगामी दिनमा कहिँ कतैवाट गुनासो वा उजुरी आएमा कारवाहि गरिने बताउनुभयो ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले व्यावसायिकहरुलाई आफ्नो मर्यादा र दायरा भित्र रहेर व्यापार व्यावसाय गर्न आग्रह गर्नुभयो । उहाँले नियम विपरित व्यापार व्यावसाय गरेमा नियमानुसार कारवाहिको भागिदार हुनुपर्ने बताउनुभयो ।
पछिल्लो समय जिल्लामा संचालित फार्मेसीहरुमा मनोमानि बढ्दै गएको गुनासो बढेपछि उद्योग बाणिज्य संघमा भएको छलफलमा औषधी जस्तो संवेदनशिल बस्तुको व्यावसाय गर्दा सरकारको मापदण्ड र निति नियम भित्र रहेर गर्ने प्रतिवद्धता जनाएका छन् । सो अवसरमा जिल्लाको सदरमुकाम र बाहिर रहेर औषधी पसल संचालन गर्ने फार्मेसी संचालकहरुको उपस्थिति रहेको थियो ।
औषधी व्यावसायिहरुले जिल्ला अस्पतालमा सवैभन्दा बढि लापरवाहि रहेको गुनासो गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!