पर्वतको जलजलामा घरमै गएर विवाहित महिलालाई बलात्कारको प्रयास गरेपछि ………. ! - News site from Nepal

पर्वत- एक विवाहित महिलालाई यौन दुव्र्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले जलजला गाउँपालिका ३ माझफाँटका २८ बर्षिय दिपक छन्त्याल लाई नियन्त्रणमा लिएको छ ।
पिडित महिलाले आफु आफ्नै घरमा सुतिरहेको अवस्थामा घरमा नै पुगेर यौन दुव्र्यबहार गरेको आरोप छन्त्याललाई लगाएकी छिन् । आरोपित छन्त्याललाई पिडित महिलाको उजुरी पश्चात् बैशाख १८ गते जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको टोलीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा पर्वत जिल्ला अदालतबाट जबर्जस्ती करणी उद्योग कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको इन्सपेक्टर राजन रायमाझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!