पर्वतमा यसरी मनाईयो अन्तर्राष्ट्रिय श्रमिक दिवस : कुश्मामा श्रमिक भेला सम्पन्न, चुवामा पोशाक वितरण - News site from Nepal

पर्वत । जिल्लाको कुश्मामा श्रमिक भेला सम्पन्न भएको छ । १ सय ३० औं श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनिएन महासंघ र नेपाल ट्रेड युनिएन महासंघ (जिफण्ड)को आयोजनामा श्रमिक भेला सम्पन्न भएको हो ।
भेलामा बोल्दै प्रमुख अथिती प्रदेश सभाका सांसद मिना गुरुङले श्रमिकहरुको हक र अधिकार स्थापीत नभएसम्म कुनै पनि देश सम्बृद्धि नहुने बताईन । उनले श्रमिक वर्गकै प्रतिनित्व गर्ने संघीय सरकार र प्रदेश सरकारहरुले श्रमिक मैत्री कानूनहरु निर्माण गर्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा प्रदेश सभा सदस्य जुना देबी नेपाली , नेकपाका प्रदेश सदस्य मेघनाथ सुवेदी, नेकपाका जिल्ला नेताहरु भक्त कुवर, गोबिन्द पहाडी , नेकपा कुश्मा नगर कमिटी अध्यक्ष शंकर गिरी, प्राध्यापक यदु पौडेल , अधिबक्ता रामचन्द्र शर्मा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ अध्यक्ष बिक्रम ढुंगाना, जिफन्ट पुर्ब अध्यक्ष खेम लामिछाने लगाएतले श्रमिकहरुको हक र अधिकारको विषयमा आफ्नो धारणा राखेका थिए । जिफन्ट कुुश्मा नगरकमिटिकी अध्यक्ष खगेश्वरी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिफण्डकी परि शर्माले गरेकी थिइन ।
यसैगरी पर्वतको कुश्मा नगरपालिका–८ चुवामा अवस्थित मंगलयदय मा.विमा अध्ययनरत बालबालिकालाई पोषक वितरण गरिएको छ । १०३ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल टे«ड युनियन काँग्रेस जिल्ला कार्यसमिति पर्वतले विद्यालयमा अध्ययनरत ३६ जना बालबालिकालाई विद्यालय पोषक वितरण गरिएको नेपाल टे«ड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए । विद्यालयमा अध्ययनरत गरिव, दलित तथा श्रमिकका बालबालिकालाई पोषक वितरण गरिएको अध्यक्ष केसीले बताए । बालबालिकाको शैक्षिकस्तरमा सहयोग पु¥याउने उद्देश्यले पोषक वितरण गरिएको उनले बताए ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले दिवसको अवसरमा शुभकामना दिँदै अन्तराष्ट्रिय श्रमिक दिवसले श्रमिकहरुको हक, अधिकार र स्वतन्त्रतालाई सामुहिक रुपमा बुलन्द गरि श्रमिकहरुलाई एकताको सुत्रमा बाँध्न सहयोग गरेको बताए । जोशीले श्रमिकको योगदानले मुलुक बन्ने भएकाले उनीहरुको अधिकार संरक्षणका लागि राज्यले तत्परता देखाउनु पर्नेमा जोड दिए । साथै उनले श्रमिकको हकहितका लागि आफ्नो तर्फवाट सहयोग गर्नेे प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेस पर्वतका संस्थापक अध्यक्ष रुद्रवहादुर रिमाल, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष राजकुमार क्षेत्री, मंगलयदय मा.विमाका प्रधानाध्यापक नागेश्वर उपाध्याय, नेपाल निजामती कर्माचारी युनियन संघका अध्यक्ष यामप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल टे«ड युनियन काँग्रेस पर्वतका उपाध्याक्ष मोती च्वाई र कार्यक्रमको संचालन संस्थाका उपाध्याक्ष गोविन्द पोखरेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!