जलजलाको मिलनचोकमा शिक्षक संघको प्रतिनिधिसभा सम्पन्न - News site from Nepal
जलजलाको मिलनचोकमा शिक्षक संघको प्रतिनिधिसभा सम्पन्न

पर्वत– नेपाल शिक्षक संघ जलजला गाउँपालिकाको शुक्रबार मिलनचोकमा प्रथम प्रतिनिधिसभा भेला सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहनुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शिक्षक र शैक्षिक समस्या पहिचान गरि त्यसको समाधानका लागि गाउँपालिका सकारात्मक भएको बताउनुभयो ।
शैक्षिक विकास र सुधारका लागि गाउँपालिकाले लिएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि शिक्षकहरुबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्री, जलजला गाउँपालिकाका संयोजक चन्द्रबहादुर क्षेत्री, गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक गोविन्द खत्री, शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष मुरारी शर्मा, जिल्ला सदस्य हरिनारायण रेग्मीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
शिक्षक संघको जलजला गाउँपालिकाका अध्यक्ष भवानीशंकर पौडेलको अध्यक्षता, सहसचिव लक्ष्मी आचार्यको सञ्चालन र माया अधिकारीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!