आलम प्रकरण : ११ प्रतिवादी, ७०० पृष्ठको अनुसन्धान प्रतिवेदन - News site from Nepal
आलम प्रकरण : ११ प्रतिवादी, ७०० पृष्ठको अनुसन्धान प्रतिवेदन

 काठमाडौं : पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमसहित ११ जनालई प्रतिवादी बनाई प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ।
झन्डै तीन साताको अनुसन्धानपछि प्रहरीले तयार पारेको ७०० पृष्ठको प्रतिवेदनमा प्रतिवादीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा मुद्दा चलाउन राय दिइएको छ।
छठ पर्वको बिदा भएकाले सरकारी वकिलको कार्यालयले सोमबार मात्रै जिल्ला अदालतमा मुद्दा दर्ता दायर गर्ने भएको समाचार कान्तिपुर दैनिकमा छ। प्रहरीले महताब आलम, सेख भदई, मोबिन आलम, सेख सराजविरुद्ध पनि मुद्दा चलाउन लागेको हो। महताब सांसद आलमका भाइ हुन्। उनीहरूविरुद्ध पहिल्यै किटानी जाहेरी परेको थियो। अन्य ६ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!