पर्वतको गिज्यानमा घरेलु हिंसा तथा मदिरा नियन्त्रण सम्वन्धि सचेतना सम्पन्न - News site from Nepal

पर्वत–समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वत जिल्लाको मोदी गाँउपालिका वडा नं. ६ गिज्यान स्थित तुलोदय माविमा महिला हिंसा, घरेलु हिंसा तथा मदिरा नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले मदिराको कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा सेवन गर्ने व्यक्तिले खान्न भन्ने प्रण गर्ने तर्फ भावनात्मक प्रतिबद्दता जनाउन अनुरोध समेत गर्दै लैङ्गिक हिंसा र महिला माथी हुने हिंसाका साथै अन्य समस्या को बारेमा सम्बन्धीत निकायमा जानकारी गराउनु हरेक नागरिकको कर्तव्य हुने बताउनुभयो ।
प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले समाजमा उत्पन्न हुने अधिकांश अपराध मदिरा सेवनवाटनै भएको देखीएकाले त्यस्ता व्यक्तिहरुले आफ्नो आचारण सुधार गर्नुपर्ने सो को सहयोगमा प्रहरी सदैव तयार रहेको बताउनुभयो ।
मोदी गाउपालिकाका उपाध्यक्ष सेती महतले समाजमा सधै शान्ति स्थापना बनाई राख्न, बिकृति बिसंगतीबाट बच्न आफू स्वयम् नियन्त्रण अभियानमा लागेको र समाजको बिकासका लागी सिपमुलक कार्यमा लाग्नु पर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा विद्यालयका अध्यक्ष पुर्ण बहादुर मल्लले समाजमा रहने सबै व्यक्ति सचेत रहँदै स्थानीय तह र प्रहरीसंग सहकार्य गरिने बताउनुभयो । कार्यक्रममा उपस्थितहरुलाई समुदाय–प्रहरी पालिका समितीद्वारा तयार पारिएको लागु औषध नियन्त्रण सम्बन्धि सचेतानमुलक पर्चा समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!