
पर्वत – नेपाली टोपी : हाम्रो गौरव हाम्रो पहिचान भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस आज मनाईदैछ ।
राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित ५ बर्षदेखि अग्रेजी नयाँ बर्षको दिन टोपी दिबस मनाउने गरिएको हो । दिवसको अवसरमा जागरुक युवा अभियान नेपाल लगायतका संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राजधानी लगायतका स्थानमा बृहत टोपी प्रर्दशनी हुने कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । युवा पुस्तामा राष्ट्रिय पोशाकको महत्व जानकारी गराउँदै त्यसको प्रयोग र सम्बर्धन गर्न दिवस सुरुवात गरिएको श्रेष्ठको भनाई छ ।
दिवसलाई विभिन्न संघसंस्थाहरुले भव्यताका साथ मनाईरहँदा यसले औपचारिक मान्यता भने पाउन सकेको छैन् ।