म्याग्दी/म्याग्दीको मालिका गाउँपालिका-२ रुममा जिप दुर्घटना भनएको छ।
दुर्घटनामा परि २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दरबाङदेखी रुम जादै गरेको ध १ ज ५९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। दरबाङ देखी रुम जादै गरेको जिपमा १७ जना यात्रु रहेको जनाईएको छ ।
जिपमा रहेको यात्रु मध्ये एक जना सकुशल रहेको र बाकी १४ जनालाई उपचारका लागी दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको घटना स्थलमा रहेका याम बुढाले जानकारी दिए । त्यसबारे थप जानकारी आउन बाकी रहेको प्रहरीको भनाई छ ।
दरबाङबाट प्रहरी, जनप्रतिनिधि र सर्वधारण घटना स्थलमा पुगेर उद्धारमा खटिएका थिए ।






