नेपाली कांग्रेसका १८२ विभागले पाएन पूर्णता - News site from Nepal
नेपाली कांग्रेसका १८२ विभागले पाएन पूर्णता

काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग रित्ता छन्।
कांग्रेसको २०–२३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो। विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि तल्ला तहका नेता फुर्सदिला छन्। कांग्रेस विधानमा केन्द्रमा २८ र प्रत्येक प्रदेशमा २२ गरी कुल १८२ विभाग रहने व्यवस्था छ। कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय समिति बैठक सकिएपछि लगत्तै रिक्त विभाग गठन हुने जनाए।
निधिले प्रदेशका विभाग भने केन्द्रको गठन भएपछि मात्रै गठन हुने जानकारी दिएको समाचार राजधानी दैनिकमा छ। प्रदेश तहमा विभाग गठन गर्न भने कांग्रेसको प्रदेशमा संरचना नै बनेको छैन। कांग्रेसले भर्खर मात्रै विधानले व्यवस्था गरेअनुसारको तल्लो तहको संरचना गठन गर्न तयारी अघि बढाएको छ। तर, अझै पनि प्रदेशको संरचना बनाउने विषयमा पार्टीभित्र सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!