पर्वतको बगरफाँट पुगेर तिमिल्सिनाले भने एक÷दुई वर्षभित्र जनताले परिवर्तनको महशुस गर्छन् - News site from Nepal

पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले बोलेका कुरा व्यवहारमा उतार्नुपर्ने समय आएको बताउनुभएको छ ।

पर्वतको जलजला गाउँपालिका २ बगरफाँटमा रहेको सिद्धबाबा प्राथमिक विद्यालयमा सोमबारदेखि सुरु भएको महायज्ञको उद्घाटन गर्नुहुदै अध्यक्ष तिमिल्सीनाले बोल्ने भन्दा पनि काम गरेर देखाउने समय आएको बताउनुभएको हो ।

‘अब भाषण गर्ने मात्र होइन्, बोलेका कुरा र जनतासँग गरेका बाचा पुरा गरेर देखाउनु पनि पर्छ’ अध्यक्ष तिमिल्सीनाले भन्नुभयो ‘सरकार प्रतिवद्धता पुरा गर्ने बाटोमा अघि बढेको छ । एक÷दुई वर्षभित्र जनताले परिवर्तनको महशुस गर्छन् ।’

अध्यक्ष तिमिल्सीनाले विकासका लागि सबै पक्षले राष्ट्र र समाजको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयप्रती विश्वास र आकर्षण बढाउन गुणस्तर सुधारका लागि शिक्षक जिम्मेवार बन्नुपर्ने तिमिल्सीनाको भनाई थियो ।

पूर्व सांसद नवराज शर्मा र महायज्ञका बाचक कमलनयन गौतमले महायज्ञ विद्यालयको काँचुली फेर्न अवसर भएको बताउँदै दान मात्र नभएर बालबालिका सामुदायिक विद्यालयमा पढ्ने र पढाउने दायीत्व पनि पुरा गर्नुपर्ने बताउनुभयो ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बगरफाँट बजार संरक्षणका लागि डिपीआर तयार पार्न लागिएको, बस्तिको बिचमा रहेको केन्द्रीय प्रशारण लाइन स्थानान्तरण गर्ने तयारी भएको, बगरफाँट, वारिबेनी र लामाखेतका सबै घरमा निजी धारा मार्फत खानेपानी वितरण गर्न लागिएको र बगरफाँट देखि बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्न लागिएको जानकारी दिनुभयो ।

जलजला गाउँपालिका २ का वडा अध्यक्ष गोविन्द खत्री र ३ का वडा अध्यक्ष रवी भण्डारीले वारिबेनी प्राबिमा एकिकरण भएको विद्यालय आफूहरु निर्वाचित भएपछि पुनःसञ्चालनमा ल्याएको बताउँदै विद्यालय लागि समुदायको साथ र विश्वास आवश्यक रहेको बताउनुभयो । समुदायले साथ दिएमा बगरफाँटमा उच्च मावि सञ्चालन गर्न सकिने उहाँहरुको भनाई थियो ।
हाल कक्षा १ सम्मको पठनपाठन सञ्चालन हुने विद्यालयको तह थप, निजी शिक्षकको तलब व्यवस्थापन र भौतिक पूर्वाधार सुधार गर्न आयस्रोत जुटाउने उद्देश्यले आयोजित महायज्ञ सात दिनसम्म सञ्चालन हुने जनाइएको छ । पण्डीत कमलनयन गौतमले कथावाचन गर्ने महायज्ञबाट एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञ मुल आयोजक समितिका अध्यक्ष हिराबहादुर बरुवालको अध्यक्षता, प्रचारप्रसार संयोजक कृष्ण जिसीको सञ्चालन र सचिव मुकुन्द शर्माको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । महायज्ञ उद्घाटन अघि बगरफाँट र वारिबेनीमा कलशयात्रा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!