कांग्रेसमा १३ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउने सहमति - News site from Nepal
कांग्रेसमा १३ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउने सहमति

काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताबीच केन्द्रीय पदाधिकारी १३ सदस्यीय हुनेमा सहमति भएको छ। पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार कोषध्यक्षबाहेकका पदाधिकारी निर्वाचित हुने गरी सहमति जुटेकाे हाे।

शर्माले कांग्रेसमा अव एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्ष रहने गरी सहमति भएको जानकारी दिए।उनका अनुसार उक्त सहमतिलाई आज बस्ने केन्द्रीय कमिटिले अनुमोदन गर्ने छ।  भोलिको महासमिति बैठकमा उक्त सहमतिलाई प्रस्तावका रुपमा पेश गर्ने तयारी छ। 

प्रमूख प्रतिपक्षीदल नेपाली कांग्रेशको विधान संसोधनको मूख्य उदेश्यसहित गत मंसिर २९ देखि राजधानीमा जारी महासमिति बैठक पदाधिकारी विवादकै कारण गतिलिन सकेको छैन। पदाधिकारीका विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द पौड्याल पक्षधरबीच सहमति जुट्न नसक्दा विधान मस्यौदाको प्रस्ताव महासमिति बैठकमा पेश हुन सकेको छैन। महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको एक कार्यदलले विधान संसोधन सम्बन्धी प्रस्ताव तयार पारेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!