पुष ५ गतेका लागि सारिएको संवैधानिक परिषद् बैठक समयलाई ध्यानमा राखी आजै बस्दै - News site from Nepal

 काठमाडौं – नेताहरुको कार्य व्यस्ततालाई कारण देखाउँदै पटकरपटक सर्दै आएको संवैधानिक परिषदको बैठक आजै बस्ने भएको छ ।

हिजो बस्ने भनिएको बैठक आगामी पुष ५ गतेका लागि सारिएको भएपनि बिषयको गाम्भीर्यतालाई ध्यानमा राखी आजका लागि तय गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जानएको छ । सिंहदरबारमा अहिले केहीबेरमा बस्ने बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने विषयमा छलफल हुनेछ । 

यही १७ गते बसेको परिषद बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा केन्द्रीय समिति बैठकका कारण चाडै बाहिरिएपछि बैठक २२ गतेलाई सरेको थियो । २२ गतेपनि बस्दै नबसि हिजोका लागि सारिएको थियो । हिजो विहान साढे ११ बजेका लागि बोलाइउको बैठक साँझ ५ बजेलाई सारिएको थियो । साँझ ५ बजेपनि बैठक नबसि आगामी पुष ५ गतेका लागि सारिएको थियो । यद्यपि प्रधानन्यायाधीशको नाम प्रस्ताव गरी संसदीय सुनुवाई गरेर नियुक्त गर्न ढिलाई हुने भएकाले आज नै बोलाएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

  प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो । न्याय परिषदले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाई समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो । प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम अस्वीकृत भएपछि मिश्र प्रधानन्यायाधीश हुनुभएको हो । सुनुवाई समितिले पूर्ववत निर्णय कायम राखे राणा प्रधानन्यायाधीशका लागि एक्लो उम्मेदवार हुनुहुनेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!