
संजय रेग्मी
पर्वत ः नेपाल ईंग्लिस ल्याङग्वेज टिचर्स एसोसिएस नेल्टा पर्वत र बागलुङको आयोजनामा पर्वत नेल्टाको पहिलो बाािर्षक साधारण सभा, अधिबेसन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
‘बिषयबस्तु, भाषा र प्रबिधि ः अंग्रेजी भाषा शिक्षणका आधार तत्व’ भन्ने नाराका साथमा भएको कार्यक्रममा एक्सन रिसर्चको बारेमा त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिस्ट सिनियर प्राध्यापक भिमलाल गौतम, अंग्रेजी भाषा शिक्षणका मुख्य चुनौतीहरुको बारेमा डा. शिवराम पाण्डे र दोबाटोमा शिक्षक शिर्षकमा पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक डा. नवराज न्यौपानेले सहजीकरण गर्नुभएको थियो । नेल्टा पर्वतका अध्यक्ष देव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सांसद पदम गिरी, नगर शिक्षा शाखाका अधिकृत राजेन्द्रबहादुर क्षेत्री, प्रशिक्षकहरु डा. शिवराम पाण्डे, डा. नवराज न्यौपाने, भिमलाल गौतम, नेल्टा बागलुङका अध्यक्ष बालकृष्ण शर्माले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सांसद पदम गिरीले गुणस्तरीय शिक्षा दिन सकेमा मात्र देशमा आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण हुन सक्ने बताउनुभयो । अहिले अंग्रेजी भाषाको शिक्षणप्रति सबैको आकर्षण बढीरहेको भएपनि विद्यार्थीहरु भने अंग्रेजी बिषयमा कमजोर रहेको उहाँको भनाई छ । अंग्रेजी शिक्षकहरुको कार्यक्रम भएका कारण अंग्रेजीमा नै मन्तब्य राख्दै उहाँले शिक्षकहरुले आप्mनो शिक्षण प्रबिधिमा परिवर्तन ल्याउने हो भने समाजलाई आवश्यक पर्ने सबै खालको दक्ष जनशक्ति तयार हुने उल्लेख गर्नुभयो । पर्वत, बागलुङ र म्याग्दीका बिभिन्न बिद्यालयमा अध्यापनरत एक सय जना शिक्षकहरु प्रशिक्षणमा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रमको संचलन नेल्टा पर्वतका सचिव सूर्य भुषालले गर्नुभएको थियो । प्रशिक्षणपछि आँपूmहरुमा नयाँ तरीकाले शिक्षण गर्ने तरीकाहरु सिकिएको तालिममा सहभागी शिक्षकहरुले प्रतिक्रिया दिएका छन । प्रशिक्षणमा कक्षाकोठामा देखिने प्रत्यक्ष र अप्रत्यक्ष समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बिषयमा छलफल भएको थियो ।
यसैबीच, आजैको अधिबेसनबाट नेल्टा पर्वतको नयाँ कार्यसमिति पनि निर्माण भएको छ । सहमतीय आधारमा पुरानै कार्यसमितिलाई निरन्तरता दिँदै अध्यक्षमा देव शर्मा, उपाध्यक्षमा नवराज शर्मा, सचिवमा सूर्यप्रसाद भुषाल, कोषाध्यक्षमा शुसिला भुषाल र सदस्यहरुमा चिरञ्जीवी अधिकारी, संजय रेग्मी, राजु भुषाल, लक्ष्मीप्रसाद शर्मा, बिनोद सुवेदी, लालप्रसाद शर्मा र साबित्रा सुवेदीलाई चयन गरिएको छ । यसैगरी, नेल्टाले प्रदान गर्ने तालिम संचालनको लागि केही सदस्य पछि थप गर्ने आशिष पौडेलको संयोजकत्वमा समिति निर्माण गरिएको छ । जसको सदस्यमा शुसिलादेवी गुरुङ रहनुभएको छ । अधिबेसनबाट पुरानो कार्यसमितिका कार्य तथा आर्थिक प्रतिवेदन पनि पारित भएका छन ।