त्यो प्रविधि, जसमा भिडिरहेका छन् अमेरिका र चीन - News site from Nepal
त्यो प्रविधि, जसमा भिडिरहेका छन् अमेरिका र चीन

अमेरिकाको राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदले गत वर्ष डिसेम्बरमा साइन्स अफ क्वान्टम इन्फर्मेसन (सिआइसी) को विकासका लागि एक नयाँ रणनीति प्रकाशित गरेको थियो ।

१५ पेजको उक्त रिपोर्टमा डोनाल्ड ट्रम्प प्रशासनलाई सिआइसी क्षमता मजबुत तथा विकसित गर्नका लागि सिफारिस गरिएको थियो ।

उक्त रणनीतिमा बहस गर्नका लागि अमेरिकाका ठूला प्रविधि कम्पनीहरु, शिक्षाविद, सरकारी अधिकारी, वित्तिय कम्पनी लगायतलाई ह्वाइट हाउसमा बोलाइएको थियो । त्यसमा अल्फाबेट, आइबिएम, जेमी मोर्गन, लकहिड मार्टिन, हनिवेल जस्ता कम्पनीहरु परेका थिए ।

विज्ञानको उक्त क्षेत्रमा ११८ योजनाहरुमा २४ करोड ९० लाख डलरको लगानी प्रस्ताव गरिएको थियो ।

अमेरिकामा होइन, क्वान्टम साइन्सको यो क्षेत्रले चीनमा यस्तै प्राथमिकता पाइरहेको छ ।

चीन सरकारले हेफेइमा नेशनल ल्याबोरेटरी अफ क्वान्टम इन्फर्मेसन साइन्स को निर्माण गरिरहेको छ । दश अर्ब अमेरिकी डलरको लागतमा बन्ने उक्त केन्द्र सन् २०२० बाट सुरु हुने बताइएको छ ।

दुई वर्षअघि नै चीनले पहिलो क्वान्टम कम्युनिकेसन स्याटेलाइट प्रक्षेपण गरेको थियो ।

गतवर्ष चीन सरकारले जिनानमा एक गोप्य कम्युनिकेसन नेटवर्क स्थापित गर्ने घोषणा पनि गरेको थियो । सेना, सरकार तथा निजी कम्पनीहरुसँग सम्बन्धित २ सय भन्दा धेरै प्रयोगकर्ताले यसको प्रयोग गर्न सक्नेछन् ।

क्वान्टम इन्फर्मेसनको क्षेत्रमा दुनियाका दुई ठूला महारथीको यो प्रतिद्वन्दिताले नै यो क्षेत्रको महत्व दर्शाउँदछ । वैज्ञानिकहरुका अनुसार यो प्रविधि यति शक्तिशाली छ कि यसले विश्वलाई नै बदलिदिनेछ ।

के हो सिआइसी ?

इन्स्टिच्यूट अफ फोटेनिक साइन्सेस अफ बार्सिलोना तथा थ्योरी अफ क्वान्टम इन्फर्मेसन ग्रुपमा शोधकर्ता रहेका एलेखान्द्रो पोजास कर्सटयेन्सका अनुसार क्वान्टम प्रविधिले सूचनाको प्रोसेसिंगमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ ।

उनका अनुसार सबै सूचना बाइनरी सिस्टममा इनकोड इनकोड हुन्छन्, अर्थात् शून्य र एक अंकमा । तर ६० को दशकमा यो पत्ता लाग्यो कि जहाँ यी सूचना संग्रहित गरिएको हुन्छ त्यस ठाउँले पनि यसको प्रयोगलाई प्रभावित गर्न सक्दछ ।

यसको अर्थ हामीले सूचनाहरुलाई कम्प्युटर चिपमा स्टोर गर्न सक्दछौँ, जसरी हामी अहिले गरिरहेका छौँ । तर हामीले ती शून्य र एकलाई अन्य निकै सुक्ष्म प्रणालीमा स्टोर गर्न सक्दछौँ । जस्तो कि एउटा परमाणुमा वा स साना अणुहरुमा ।

वैज्ञानिक एलेखान्द्रो पोजास भन्छन, ‘यी परमाणु तथा अणु यति साना हुन्छन् कि यिनीहरुको व्यवहारलाई अन्य नियमले पनि निर्धारित गर्दछन् । ती नियम जो परमाणु तथा अणुको व्यवहार तय गर्दछन्, त्यो नै क्वान्टम थ्योरी वा क्वान्टम दुनियाको नियम हो ।’

क्वान्टम इन्फर्मेसन साइन्सले ती अत्यन्तै सुक्ष्म प्रणालीमा देखापर्ने क्वान्टम गुणको प्रयोग गरी सूचनाहरुलाई प्रवाहित गर्ने तथा प्रोसेसिंग गर्ने काममा सुधार ल्याउँदछ ।

अर्थात् सिआइसीले हाम्रो सूचनाको प्रोसेसिंग गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्दछ । जसबाट स्वास्थ्य एवं विज्ञान, औषधि तथा औद्योगिक निर्माण जस्ता क्षेत्रमा हजारौँ नयाँ सम्भावनाहरु पैदा हुन्छन् ।

वैज्ञानिकहरुका अनुसार क्वान्टम विज्ञानले हरेक चिजमा परिवर्तन ल्याउनेछ । यहीँ कारणले होला दुनियाका दुई शक्तिशाली देशले यो क्षेत्रमा अगाडि हुनका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

क्वान्टम स्याटेलाइट

यस क्षेत्रमा अहिलसम्म जे भएको भएको छ त्यसको आधारमा के भन्न सकिन्छ भने चीनले यो क्षेत्रमा प्रारम्भिक अग्रता कायम गरेको छ । सन् २०१६ मा चीनले विश्वको पहिलो क्वान्टम कम्युनिकेशन स्याटेलाइट लञ्च गर्ने घोषणा गर्यो र एक वर्ष पछि उक्त स्याटेलाइटको माध्यमबाट एनक्रिप्टेड सञ्चार स्थापित गर्नसक्ने दाबी गर्यो । त्यस्तो सूचनालाई दुनियाका अरु कुनैपनि देशले पढ्न सक्ने छैनन् ।

एलेखान्द्रो भन्छन्, ‘त्यहाँ दुई प्रयोग भएका थिए । पहिलो प्रयोगमा स्याटेलाइटसँग जमिनमा सम्पर्क स्थापित गरियो र त्यो स्याटेलाइटको सहयोगमा जमिनमा रहेका दुईव्टा केन्द्रको बीचमा क्वान्टम एनक्रिप्टेड सिग्नको सम्पर्क स्थापित गराइयो । त्यसमा स्याटेलाइटले दुई केन्द्रबीचमा रिपिटरको भूमिका निभायो ।

क्वान्टम कम्प्युटर

क्वान्टम कम्प्युटरको क्षेत्रमा अहिलेसम्म यो सम्भावनाले मूर्तरुप पाइसकेको छैन । दुनियाका केही देशका केही कम्पनीहरु क्वान्टम कम्प्युटर विकास गर्ने प्रयासमा जुटिरहेका छन् । कतिपय देशले प्रयोगशालाका लागि यस्ता कम्प्युटर बनाएका छन्, तर औद्योगिक स्तरमा तयार गर्नका लागि सफलता प्राप्त गर्न सकिरहेका छैनन् ।

वैज्ञानिकहरुका अनुसार क्वान्टम कम्प्युटरको विषय एउटा बुझ्नै नसकिने पहेली बनेको छ । सिआइसीको क्षेत्रका सबै प्रयास प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यहीँ दिशामा केन्द्रिछ छन् ।

अहिले विद्यमान कम्प्युटरमा सूचनाहरु शून्य र एकको बाइनरी सिस्टमको रुपमा संग्रहण तथा प्रसारित हुन्छ । क्वान्टम कम्प्युटिङमा चाहीँ शून्य र एकको सुपर पोजिसनको सिद्धान्त प्रयोग गरिन्छ । यसमा सब एटोमिक पार्टिकल्सको चाललाई डाटा प्रोसेसिंग गर्नका लागि प्रयोग गरिन्छ । अहिले यो प्रविधि सिद्धान्तमा मात्र सिमित रहेको भएपनि भविष्यमा यसले मूर्तरुप पाउने विश्वास गरिएको छ । जब यस्तो हुनेछ, तब अहिले हामीसँग भएका कम्प्युटर पूरानो जमानाका एबाकस जस्तै लाग्नेछन् ।

क्वान्टम क्रान्ति

क्वान्टम प्रविधिले भविष्यमा के क्रान्ति ल्याउन सक्ला ? एलेखान्द्रोका अनुसार त्यो क्रान्ति ठ्याक्कै उस्तै हुनेछ जसरी पहिले कम्प्युटरका कारण भएको थियो ।

‘हामीले यस्तो नयाँ चिज गर्न पाउनेछौँ जस्तै औषधि बनाउने वा प्रोटोटाइप तयार गर्ने वा फेरि इन्धनको कम प्रयोग सुनिश्चित गर्नका लागि मार्ग निर्धारित गर्ने । क्वान्टम कम्प्युटरले यो प्रकारको समस्या सुल्झाउन सक्नेछ ।

तर शक्ति राष्ट्रका सरकारहरुको ध्येय चाहीँ क्वान्टम प्रविधिलाई आफ्नो रक्षा क्षेत्रमा प्रयोग गर्ने रहेको छ । जसबाट सुरक्षा संयन्त्रमा निकै नै सुरक्षित सूचना प्रसार तथा संवाद स्थापित होस् र शत्रु पक्षका यानहरु पत्ता लगाउनु ।

वैज्ञानिकहरुका अनुसार अहिले क्वान्टम कम्प्युटिङको क्षेत्रमा अमेरिका अगाडि छ भने क्वान्टम कम्युनिकेसनको क्षेत्रमा चीनले उछिनेको छ ।

धेरै देशचाहीँ क्वान्टम विज्ञानको क्षेत्रका अनेक क्षेत्रहरुमा आफुलाई अग्रस्थानमा राख्नका लागि काम गरिरहेका छन् ।

बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!