युक्रेनमा रूसी पुरूषलाई प्रतिबन्ध - News site from Nepal
युक्रेनमा रूसी पुरूषलाई प्रतिबन्ध

काठमाडौं– देशमा सैनिक कानून लागू गरेपछि युक्रेनले रूसी पुरूषहरूलाई आफ्नो देशमा प्रवेश गर्न नदिने जनाएको छ । युक्रेनले १६ देखि ६० वर्ष उमेर समूहका रूसी पुरूषहरूमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनका १० वटा क्षेत्रहरूमा २६ डिसेम्बरसम्म सैनिक कानून लागू गरिएपछि सो उमेर समूहका रूसी पुरूषहरूलाई प्रवेशमा रोक लगाइएको हो ।

तर, कियभले मृतकका अन्त्येष्टि कार्यक्रम जस्ता मानवीय विषयलाई भने अपवाद मानिने जनाएको छ । रूसले त्यसको जवाफ दिने हिसाबले कुनै योजना नबनाएको बताएको छ । गत आइतबार रूसी फौजले ब्ल्याक सी मा तीनवटा युक्रेनी नौसैनिक जहाजहरू र २४ जना नौसैनिकहरुलाई कब्जामा लिएपछि रूसी आक्रमणको डरका कारण युक्रेनले उक्त कदम उठाएको हो । युक्रेनीले यस्तो कार्य गरेर रूसले अन्तर्राष्ट्रिय कानूनको घोर उल्लंघन गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!