पुर्व विद्यार्थीद्धारा पञ्चकोशी माविमा पोशाक तथा शैक्षिक सामाग्री सहयोग - News site from Nepal
पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कुश्मा नगरपालिका वडा नं. १४ काहुँले घर भई हाल अमेरिकामा रहेका विद्यालयका पुर्ब विद्यार्थी सुरज क्षेत्रीले आफ्‌ना स्वर्गीय पिता खिमबहादुर क्षेत्रीको स्मृतिमा उक्त सामाग्री वितरण गर्नुभएको हो । विद्यालयमा कक्षा एक देखि ११ सम्म अध्ययनरत सवै विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गर्नुभएको विद्यालयका प्रद्यानाध्यापक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच रु. दुई लाख २० हजार बराबरका सामाग्री सुरजकी आमा शशी क्षेत्रीको हातवाट वितरण गरिएको प्रअ सापकोटाले वताउनुभयो ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न, दलित, तथा असहाय समुदायका बालबालिकालाई दैनिक पठनपाठनमा सहजता मिलोस् भन्ने उद्धेश्यले प्रवासवाटै सहयोग गरेको सहयोगदाता क्षेत्रीले बताउनुभयो ।
गुरुङ समुदायको बाहुल्यता रहेको आर्थरडाँडाखर्क यो विद्यालयमा अन्य समुदायका विद्यार्थीहरुको संख्या उच्च रहेको छ ।
कार्यक्रममा विद्यालयले सहयोगदाता क्षेत्रीकी माता शशीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो ।
विद्यालयमा अहिले एक सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् । पोशाक सवै विद्यार्थीलाई वितरण गरिएको हो भने अन्य स्टेशनरी सामाग्री विपन्न परिवारका तीस जना विद्यार्थीलाई वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!