पर्वत- पर्वत् जिल्लाका बालबालिकाहरुले विपत् प्रभावित बालबालिकाहरुलाई कविता मार्फत् सकरात्मक सन्देश, हौसला र उज्यालो भविष्य प्रति प्ररित गर्दै उनीहरुको साथ र सहयोगमा आफूहरु सँगै रहेको सन्देश कविता मार्फत् प्रस्तुत गरेका छन् ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय पर्वतले राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय कविता बाचन प्रतियोगिताका सहभागि विद्यार्थीहरुले हालै रसुवामा आएको बाढीबाट प्रभावित बालबालिकाहरुको शिक्षा, स्वास्थ्य सँगै उनीहरुको बालअधिकार रक्षा गर्दै सुन्दर भविष्य बनाउन सबैले योगदान दिनुपर्ने साहित्यिक सन्देश प्रकट गरेका हुन् ।
प्रतियोगितामा नारायण मावि की छात्रा रितु फकामी पुनले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् , भने काफलचौर मावि का छात्र खुसीमान गिरीले द्धितीय स्थान , शिवालय मावि की छात्रा गायत्री पौडेलले तृतीय स्थान र कालिगण्डकी एकेडेमीकी छात्रा प्रस्तुती पौडेलले सान्तवना स्थान हासिल गर्न सफल भएकी छिन् । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विदुर शर्मा आचार्यले हरेक बालबालिकाको अधिकार रक्षा गर्दै विपतबाट प्रभावित बालबालिकाको मनोबल बढाउन यस किसिमको कार्यक्रमको महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।
एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख यस कार्यक्रमबाट बालबालिकामा सिर्जनात्मकता, आत्मविश्वास तथा अभिव्यक्ति क्षमताको विकास हुनुका साथै विपद्बाट प्रभावित बालबालिकाप्रति सहानुभूति, सहयोग र अपनत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । जिल्ला बाल अधिकार समितिका पर्वतका अध्यक्ष नविन जि.सीले पर्वतलाई बालमैत्री जिल्ला स्थापनाको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
उहाँले बालबालिकाको सुरक्षा र संरक्षणमा सबै सरोकारवाला निकाय संवेदनशिल हुनुपर्ने बताउनु भयो । कार्यक्रममा प्रथम, द्धितीय, तृतीय र सान्तवना हासिल गर्न सफल विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमश: रु ५ हजार, तीनहजार पाँचसय, दुई हजार पाँचसय र एक हजार पाँचसय प्रमाणपत्र तथा मेडल प्राप्त गरेका थिए ।
जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयका विद्यार्थीहरु सहभागि भएको कार्यक्रममा जिल्ला बालअधिकार समिति पर्वत र जिल्ला बाल सञ्जाल पर्वतलको समन्वयमा सम्पन्न कार्यक्रम जिल्ला बालसञ्जाल पर्वतका अध्यक्ष निर्जला खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन बालसञ्जाल सरस्वती परियारले गर्नुभएको थियो ।






