रामचन्द्र भुसाल
फलेवास – पर्वतको फलेवास नगरपालिका ५, खानीगाउमा अवस्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा लामो समयदेखि शिक्षण सेवामा समर्पित शिक्षक निलकण्ठ शर्माको विदाइ तथा सम्मान गरिएको छ।
विद्यालयमा ३४ वर्ष ९ महिना ९ दिन निरन्तर सेवा गर्नुभएका शर्माको सम्मानमा मिति २०८३/०४/२५ गते विशेष विदाइ तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो। विद्यालय परिवारले उहाँको लामो समयदेखिको समर्पित सेवा, योगदान र शिक्षण पेशाप्रतिको निष्ठाको उच्च प्रशंसा गर्दै सम्मानपूर्वक विदाइ गरेको जनाएको छ।
शिक्षण पेशाप्रतिको इमानदारी, अनुशासन, लगनशीलता तथा विद्यार्थीप्रतिको समर्पणका साथ शर्माले विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको विद्यालय परिवारले जनाएको छ। उहाँको योगदान विद्यालयको इतिहासमा सदैव स्मरणीय र आगामी पुस्ताका शिक्षक तथा विद्यार्थीका लागि प्रेरणादायी रहने बताइएको छ।
कार्यक्रममा विद्यालय परिवारले शर्माले आफ्नो जीवनको महत्वपूर्ण समय विद्यालय, विद्यार्थी र शिक्षा क्षेत्रको सेवामा समर्पण गरेको भन्दै उहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको थियो।
अवकाश जीवनको नयाँ यात्राको शुभकामना दिँदै विद्यालय परिवारले शर्माको आगामी जीवन सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा पारिवारिक आनन्दले भरिपूर्ण रहोस् भन्ने कामना गरेको छ।
कार्यक्रममा सहभागीहरूले “विदाइ शरीरको हो, योगदान र सम्झनाको होइन” भन्दै शर्माले विद्यालय र विद्यार्थीको जीवनमा छोड्नुभएको योगदान र अमिट छाप लामो समयसम्म स्मरणीय रहने बताएका थिए।
लामो समय शिक्षण सेवामा समर्पित भई अवकाश लिनुभएका शिक्षक शर्माको विदाइसँगै विद्यालय परिवारले उहाँको आगामी जीवन सुखद, स्वस्थ र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।






