योग ध्यानसँगै मनोसामाजिक शिक्षा कार्यक्रम सम्पन्न - News site from Nepal
योग ध्यानसँगै मनोसामाजिक शिक्षा कार्यक्रम सम्पन्न

पर्वत– अन्तर्राष्ट्रिय लायन्स क्लब अफ नेपालको अन्तर्गत ३२५ के को वार्षिक राष्ट्रव्यापी कार्यक्रम जुलाई १ बाट ७ सम्म सञ्चालन भएको छ ।
सो क्रममा पर्वत जिल्लामा रहेका लायन्स क्लबहरूले विभिन्न कार्यक्रमहरू स्थानीय स्तरमा गर्दै आएका छन् । यसै क्रममा पर्व जिल्लाकै तथा धौलागिरी अञ्चलको प्रमुख क्लब लायन्स क्लब अफ शिवालय कुस्मा ले आज मिति २१ असार २०७३ तदनुसार ५ जुलाई २०२६ का दिन पर्वत मा “योग ध्यान सँग मनोसामाजिक शिक्षा“ विषयमा प्रवचन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
समाजका लब्ध प्रतिष्ठित सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको उक्त कार्यक्रममा पतञ्जलि योग पर्वतका अध्यक्ष ओमकार श्रेष्ठले तथा प्रशिक्षक नारायण आचार्य ले उक्त विषयमा बोल्नुभएको थियो। उक्त कार्यक्रम लायन्स क्लब शिवालय पर्वतका २०२६/२७ का अध्यक्ष दीपकराज शर्मा चापागाईं को अध्यक्षतामा सम्पन्न भएको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संघसंस्थामा सम्बद्ध युवा सामाजिक व्यक्तित्व अध्यक्ष शर्माले थप प्रकाश पार्नुभएको थियो। पर्वत जिल्लामा समाजसेवाको क्षेत्रमा उक्त लायन्स शिवालय क्लबको अग्रणी भूमिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!