कालीगण्डकी नदीको बहाब यस वर्षकै उच्च - News site from Nepal
कालीगण्डकी नदीको बहाब यस वर्षकै उच्च
पर्वत, २१ साउन : लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ पर्वत हुँदै बग्ने कालीगण्डकी नदिको बहाब उच्च विन्दुमा पुगेको छ ।
मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्याधिक वर्षाका कारण नदिको सतह बढेको हो । नदिको सतह निकै माथि आईपुगेको कालीगण्डकी नदीमा पानीको बहाब नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताउनुभयो । माथिवाट हेर्दा उच्च देखिएको र आफु पुनः नाप गर्न जाने तयारीमा रहेको उहाँले बताउनुभयो ।
कालीगण्डकी नदिको बहाब अत्याधिक मात्रामा बढेपछि तटिय क्षेत्रका बासिन्दाहरु जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीवेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुंगा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका छन् । उनिहरुलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
बहाब उर्लिएपछि पर्वत, स्याङजा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठुलो शालिग्राम शिला समेत डुवानमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!