मानव बेचबिखन विरुद्ध सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न - News site from Nepal
पर्वत – मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पर्वतमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र सामाजिक विकास कार्यालय पर्वतको सहकार्यमा “मानव बेचबिखन अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं” भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्य तथा प्रहरी नायब उपरिक्षक रविन विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी निरीक्षक राम प्रसाद सापकोटाले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध कानूनी व्यवस्था तथा रोकथाममा सरोकारवालाहरुको भुमिका सम्बन्धमा र सुरक्षित आप्रवासन पर्वतका जिल्ला संयोजक कुलचन्द्र रेग्मीले बैदेशिक रोजगारको अवस्था, चुनौती, समस्या र समाधानको उपायहरूको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
वर्षेनी नेपालमा सात हजार देखि १२ हजार व्यक्ति बेचबिखनको जोखिममा पर्ने गरेका छन् । गरिबी, अशिक्षा, आर्थिक रुपमा अशक्त र विभिन्न समयमा आउने प्रतिुकुल परिस्थितिका कारण बेचबिखनमा घटना बढ्दै गएको औल्याईएको थियो । पर्वतवाट वर्षेनी वैदेशिक रोजगारी तथा अध्ययनमा जानेहरुको संख्या बढ्दै गईरहेको अवस्थामा पर्याप्त ज्ञान, सिप र सुरक्षाका उपायहरु अपनाएर विदेश जानुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी घिमिरेले बैदेशिक रोजगार सम्बन्धी ज्ञान, सिप र क्षमताको विकास, श्रम स्विकृती लिई मात्र बैदेशिक रोजगारमा जानुपर्ने पर्नेमा जोड दिनुभएको छ । प्रहरी नायब उपरिक्षक रविन विष्टले मानव बेचबिखन विरुद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय महासन्धीको व्यवस्था, गैरकानूनी माध्यमबाट वैदेशिक रोजगारीमा जान रोक्नुपर्ने, सही सूचना समयमानै जानकारी दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, सामाजिक संघ संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!