पर्वत प्रशासनद्वारा दसैं–तिहारमा सुरक्षा र सतर्कता अपनाउन आग्रह - News site from Nepal

पर्वत, १२ असोज –  विजयादशमी, शुभ–दीपावली, नेपाल संवत् र छठलगायतका चाडपर्वलाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण ढंगले मनाउन जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाबासीलाई आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारीको कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै चाडपर्वका बेला भव्य सांस्कृतिक विविधता र सामाजिक एकताको पहिचानलाई सुरक्षित राख्न सम्पूर्ण नागरिकलाई अनुरोध गरेको हो।
कार्यालयले दैनिक उपभोग्य सामग्री कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी, मुल्यवृद्धि, नापतौलमा कम–बढी गर्ने जस्ता गतिविधिबाट टाढा रहन व्यवसायीलाई सचेत गराएको छ। त्यस्तै, अखाद्य वा स्वास्थ्यमा असर गर्ने वस्तु बिक्री–वितरण नगर्न पनि निर्देशन दिइएको छ।
यातायात र सडक सुरक्षासम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, अनावश्यक यात्रामा कमी ल्याउन, दुर्घटना रोकथाममा सहयोग गर्न तथा प्रहरीले तोकेको नियम पालना गर्न आग्रह गरिएको छ।
यसैगरी, जातीय, धार्मिक वा सामुदायिक सद्भाव खलल पर्ने कुनै पनि गतिविधि नगर्न, जुवातास, जुवातासजस्ता अवैध गतिविधि, अश्लील क्रियाकलापमा संलग्न नहुन विज्ञप्तिमा उल्लेख छ। प्रशासनले चाडपर्वका अवसरमा हुने भेटघाट, जमघट र रमाइलो गर्दा कानून विपरीतका गतिविधि भए तत्काल कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!