जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सवैसँग सहकार्य गर्छौ : प्रजिअ घिमीरे - News site from Nepal

पर्वत– पर्वतमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेले पर्वत जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि सवै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।
पर्वत जिल्लामा सरुवा भएर आएपछि पर्वत उद्योग बाणिज्य संघले गरेको स्वागत कार्यक्रममा बोल्दै प्रजिख घिमिरेले सरकार एक्लैले मात्र सवै कुरा गर्न सम्भव नभएको बताउँदै निजि क्षेत्र र सामाजिक संघ संस्थासँगको सहकार्यमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले कानून पालनाको शिलशिलामा आईपर्ने समस्याहरुलाई पनि आपसी छलफल र समन्वयको आधारमा समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।


पर्वत जिल्लाका सातवटै पालिकालाई सेवा प्रवाहदेखि सुशासन र पारदर्शिता कायम गर्नका लागि आफु हरदम प्रयत्न गर्ने बताउँदै समग्र जिल्लावासीले अनुभुत गर्नेगरी आफ्‌नो कार्यकालमा काम गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका उपाध्यक्ष केदारनाथ शर्मा, पर्वत उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष गोपि अधिकारी, पुर्व अध्यक्ष रामकृष्ण कर्माचार्य, काशीकुमार जोशी, पुर्व अध्यक्ष मिनप्रदा श्रेष्ठ, सल्लाहाकार कृष्णप्रसाद श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेलले प्रजिअ घिमीरेलाई स्वागत गर्दै संघले विगत र वर्तमानमा गरेका काम तथा भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । निजि क्षेत्र र प्रशासनबीचको सम्वन्धलाई प्रगाढ बनाउँलै लैजान उहाँले बताउनुभयो ।
कार्यक्रममा धन्यवाद मन्तब्य बरिष्ठ उपाध्यक्ष कमल जिसी र संचालन महासचिब खड्गप्रसाद खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!