पर्वत– भर्खरै नेपालमा भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थिति र अबको निकास बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा नेताहरुले जेनजीका मागलाई सम्वोधन गर्दै मुलुकको नवनिर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । संसद विघटन, संसदको पुर्नलेखन, शासकिय स्वरुपको परिवर्तन, भ्रष्टाचार नियन्त्रण, र नयाँ अन्तरिम सरकारको निर्माण गर्नका लागि सवै दल तथा नागरिकहरु एकजुट हुनुपर्नेमा जोड दिईएको हो ।
कतिपयले यहि संविधानवाटै निकास खोज्नुपर्नेमा जोड दिएका थिए भने कतिपयले संविधानको पुर्नलेखन गर्नुपर्ने विचार उठाएका थिए । मुलुकको विकास र परिवर्तनका लागि एकीकृत सरकार बनाईनुपर्ने र उक्त सरकारमा सवै राजनीतिक दल र सवै विचार समुहका नागरिकहरुको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिईएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य आजाद सिं, केन्द्रीय सदस्य प्रसिद्ध सिं, नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रेम पौडेल, नेकपा मालेका केन्द्रीय सदस्य यम विक, माओवादी केन्द्रका पर्वत संयोजक उमाकान्त भुर्तेल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रुद्र शर्मा तिमिल्सिना मंगोल नेशनल पार्टीका प्रीतनिधि, समाजसेवी पृथ्वीनारायण शर्मा लगायतले बिचार राख्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य समसेर सिंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी कृष्ण सिं ले गर्नुभएको थियो ।






