काँग्रेस नेता तिवारीद्धारा पत्रकार महासंघ पर्वतलाई साउण्ड सिस्टम हस्तान्तरण  - News site from Nepal
पर्वत– नेपाली काँग्रेसका युवा नेता तथा फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवाका वडाअध्यक्ष अच्युत तिवारीले नेपाल पत्रकार महासंघ पर्वत शाखालाई साउण्ड सिस्टम सहयोग गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ पर्वतको सभाहलमा शनिवार आयोजित एक कार्यक्रमका बीच उहाँले रु. २५ हजार रुपैया बराबरको साउण्ड सिस्टम हस्तान्तरण गर्नुभएको हो । नेपाली काँग्रेस पर्वतका सहसचिब समेत रहनुभएका तिवारीले आफ्‌नो सामाजिक तथा राजनीतिक क्षेत्रमा पत्रकारहरुवाट पर्याप्त सहयोग पाएको बताउँदै सानो सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले पर्वत जिल्लाको समृद्धि र विकासका लागि पत्रकारहरुको महत्वपुर्ण योगदान रहेको बताउँदै स्वतन्त्र, निष्पक्ष र तटस्थ भएर सञ्चार माद्यामहरु संचालन गर्न आग्रह समेत गर्नुभएको छ । कोभिड १९ पछि पर्वत जस्ता सानो जिल्लाका सञ्चार माध्यमहरु संचालन गर्न कठिन अवस्था आईरहेको भन्दै सञ्चार माद्यामको सवलीकरण र प्रवद्र्धनका लागि स्थानीय सरकारहरु गम्भिर हुनुपर्नेमा समेत उहाँको जोड थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, नेपाल पत्रकार महासंघ पर्वतका जिल्ला अध्यक्ष लक्ष्मण सापकोटाले सहयोगदाता तिवारीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य गर्दै जाने प्रतिवद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!