लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पकुवामा आयोजित वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि पाङलाई - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवामा आयोजित वडा स्तरीय खुल्ला भलिवल प्रतियोगिताको उपाधि पाङले हात पारेको छ ।
आयोजक पकुवा युवा क्लव र पाङ भलिबल समुहबीच भएको प्रतिस्पर्धामा तीन/दुई को सेटमा पाङले उपाधि हात पारेको हो । पहिलो तेस्रो र पाँचौ सेट पाङले जितेको थियो । पाङको जितसँगै आयोजक पकुवा युवा क्लव उपविजेता बनेको छ । प्रतियोगितामा शंकरपोखरीको समुह तेस्रो बनेको छ भने फलेवास खानीगाउँको समुह सान्त्वना बनेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहलाई पुरस्कार स्वरूप क्रमशः ८१ हजार, ४१ हजार, १६ हजार र ८ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सांस्कृतिक कार्यक्रमहरू अन्तर्गत नृत्य प्रतियोगिता, ठेलो प्रतियोगिता र घैँटो फुटाउने प्रतियोगिता राखिएको थियो ।


समापन कार्यक्रमलाई सम्वोधन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले पकुवाको विकास र समृद्धिका लागि नगरपालिका सँधै सहयोग गर्न तयार रहेको बताउनुभयो । सिमीत श्रोत र साधनका कारण नागरिकले चाहेजस्तो विकास गर्न नसकिएको बताउँदै उहाँले सडक, स्वास्थ्यचौकी र वडा कार्यालयको भवन निर्माणका लागि तत्काल पहल गर्ने बताउनुभयो । संघ र प्रदेश सरकारसँग योजना माग गरेर भएपनि नागरिकका आवश्यकता पुरा गर्न पहल गर्ने उहाँको भनाई छ । नगरप्रमुन जोशीले पकुवाको निर्माणाधिन खेल मैदानका लागि चालु आर्थिक वर्षमै केहि बजेट बिनीयोजन गर्ने प्रतिवद्धता जनाउँदै बिजयी हुने खेलाडीहरुलाई बधाई दिनुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ११ पकुवाका अध्यक्ष बाबुराम पौडेल र सन्तोष स्मृति प्रतिष्ठानका अध्यक्ष नारायण पौडेलले पनि वडाको विकासका लागि निरन्तर सक्रिय रहेको बताउनुभयो । चार दिने विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम पुर्ण रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रम पकुवा युवा क्लवका अध्यक्ष आदित्यबम मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!