पर्वतमा आठ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्ने बृद्ध पक्राउ  - News site from Nepal
पर्वत, ८ साउन : पर्वतमा आठ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६४ वर्षीय पुरुष पक्राउ परेका छन् ।
जिल्लाको बिहादी गाउँपालिका वठा न. ६, चर्काङका भुवानन्द तिवारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षबाट उजुरी परेपछि प्रहरी चौकी, सेतीवेणीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तिवारीमाथि जिल्ला प्रहरी कार्यालय, पर्वतले थप अनुसन्धान अगाडि बढाएको पर्वतका प्रहरी नायव उपरिक्षक रबिन विष्टले जानकारी दिनुभयो । अभियुक्त तिवारीले फकाईफुलाई गरी जवरजस्ती करणी गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!